वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट बराबर व्यापार घाटा, के ले धान्ला अर्थतन्त्र ?

अर्थटुडे
२०७५ श्रावण २२, मंगलवार

काठमाडौं । देशको व्यापारघाटा बढेर राष्ट्रिय बजेटकै आकार नजिक पुगेको छ । दैनिक उपभोग्यदेखि विलासी सामानहरु आयात उच्च भएपनि निर्यात कमजोर भएपछि व्यापारघाटा उच्च भएको हो ।

भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरको वस्तु आयात भएको छ । तर, यस अवधिमा नेपालको निर्यात ८१ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरमै सीमित भएको छ ।
सरकारले उत्पादन बढाउने कुनै कार्यक्रम प्रभावकारी बनाउन नसक्दा विगत १० वर्षको अवधिमा नेपालको आयात साढे ५ गुणाभन्दा बढीले वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । ०६४\0६५ मा नेपालले २ खर्ब १९ अर्ब रुपैयाँ मूल्य बराबरको वस्तु आयात गरेको थियो ।

नेपालले १४० मुलुकसँग व्यापार रहेकोमा सबैभन्दा बढी भारतसँग मात्र छ । भारतसँग मात्र नेपालको ७ खर्व ६४ अर्व ३० करोडको व्यापारघाटा छ ।

सबैभन्दा बढी १ खर्व ९० अर्वको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी १ खर्व २५ अर्व बराबरको आयरन र स्टिल, १ खर्व २४ अर्व बराबरको मेसिनरी सामान, ८६ अर्व ३० करोडको सवारी साधन, ८७ अर्व २८ करोडको विद्युतिय सामान आयात भएको छ ।

व्यापार घाटा भयाभह रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्र नै जोखिमपूर्ण बन्दै गएको विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ