काठमाडौ । फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी सकिएको छ । प्रदर्शनी काठमाडांैको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन चलेको थियो ।
फोटो प्रदर्शनी करिब १८ हजार दर्शकले अवलोकन गरे । राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, रक्षा मन्त्री ईश्वर पोख्रल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाकै वरिष्ठ नेता अमृत कुमार बोहोरा, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अवलोकन गरेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेकपाका सांसद योगेश भट्टराई, नेकपाका सांसद महेश बस्नेत, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी, नेकपाका नेता राजन भट्टराई, नेपाली कांग्रेसका सांसद सञ्जय गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते सुरु भएको फोटो प्रर्दशनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।
फोटो प्रदर्शनीमा एक्सपिरियन्स नेपाल कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो ।
प्रतिक्रिया