वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुले भारुमा ऋण ल्याउन पाउने, तोकेको क्षेत्रमा मात्र लगानी गर्नुपर्ने

अर्थटुडे
२०७५ श्रावण २४, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा समेत ऋण लिन पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले गरेको घोषणा अनुसार बुधबार निर्देशन जारी गर्दै विदेशबाट ऋण लिन पाउने व्यवस्था लचिलो बनाएको हो ।

राष्ट्र बैंकले २०७४ चैत २० गते बाणिज्य बैंकहरुले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो । नयाँ व्यवस्था अनुसार अब भारुमा समेत ऋण ल्याउन पाउनेछन् ।
बैंकहरुले भारतबाट ऋण लिन सहज हुने र विनियमदरको जोखिम समेत नहुने भएकाले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

बैंकहरुले विदेशबाट ल्याउने ऋण तोकिएका क्षेत्रमा मात्र लगानी गर्न पाउछन् । यस्तो ऋण बैंकहरुले जलविद्युत, सडक, सुरुङमार्ग, विमानस्थ, पुल, भौतिक पूर्वाधार, कृषिलगायतका उत्पादनशिल क्षेत्रमा मात्र लगानी गर्नुपर्नेछ ।

डलरमा ऋण ल्याउन आधा दर्जन बैंकहरुले अन्तर्राष्ट्रिय वित्त निगम (आइएमएफ)सँग सम्झौता गरिसकेका छन् । एनएमबी बैंकले डेढ अर्व रुपैयाँ ल्याइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ