काठमाडौं । संचालनमा रहेका बाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांस नविल बैंकले दिनसक्ने देखिएको छ । बैंकहरुले प्रकाशित रहेको गत आवको अपरिस्कृत वित्तीय विवरणको आधारमा विश्लेषण गर्दा बैंकहरुले औसतमा १७ प्रतिशत लाभांस बाड्ने क्षमता देखिएको हो । गत आवमा २८ वटा बाणिज्य बैंकहरुले ४८ अर्व ८३ करोड खुद नाफा गरेका छन् ।
आईतबार कारोबार दैनिकमा प्रकाशित समाचार अनुसार बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांस नविल बैंकले ३९.३२ प्रतिशत बाड्न सक्ने क्षमता देखिएको छ । यसैगरी नेपाल बैंकको ३२.९७, नेपाल इन्भेष्टमेन्टको २६.४९, एभरेष्टको २४.४८, हिमालयनको २३.७८ र एनएमबीको २१.८८ लाभांस दिनसक्ने क्षमता छ ।
यसैगरी कृषि विकास बैंकको २०.५५, स्ट्यान्डर्ड चार्टर्डको २०.१८, बैंकअफ काठमाण्डूको १९.३४, ग्लोबल आईएमइको १८.९२, नेपाल एसबीआईको १८.८०, प्राइमको १८.३७, एनसीसीको १७.८, सिद्धार्थको १७.०९, सानिमाको १६.५१, सिटिजन्सको १३.६७, सनराईजको १२.५५, माछापुच्छ्रे बैंक ११.७२, एनआइसी एसिया ११.५६, लक्ष्मीको ११.०६, प्रभुको ११.०१ प्रतिफल दिनसक्ने देखिएको छ ।
सबैभन्दा कम क्षमता नेपाल बंगलादेशको १०.६७, मेगाको ८.७९, कुमारीको १३.०८, जनताको ९.११, सेन्चुरीको ८.४७ र सबैभन्दा कम सिभिलको ६.९३ प्रतिशत लाभांस बाड्नसक्ने क्षमता देखिएको छ ।
बैंकहरुको खुद नाफाबाट संचित कोषमा २० प्रतिशत, १ प्रतिशत सामाजिक उत्तरदायित्वका लागि र अन्य संचितिका लागि १ प्रतिशत छुट्याएर बाँकी रहेको नाफालाई बाड्न सक्ने लाभांस मानिएको हो ।
प्रतिक्रिया