काठमाडौं । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । दुबै बैंकबिच भएको यससम्बन्धी सहमतिपत्रमा प्राइमका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओमका अध्यक्ष सुशील कुमार गोशलीले हस्ताक्षर गरे ।
१० अर्व पुँजी हुने बैंकको कुल शाखा संख्या ११६ हुनेछ । असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।
दुवै संस्थाले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याइसकेका छन् ।
एक्विजेसनले ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको बन्ने विज्ञप्तीमा जनाइएको छ ।
प्रतिक्रिया