वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आन्तरिक स्रोतले मात्र बैंकहरुको आवश्यक्ता पुरा हुदैन : सुनिल केसी [अन्तर्वार्ता]

अर्थटुडे
२०७५ भाद्र ४, सोमबार

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई डलर र भारुमा ऋण ल्याउन खुल्ला गरेको छ । यो सुविधाले नेपाली बैंकिङ व्यवसायमा कस्तो असर देखिएला ?
नेपालमा पहिलो पटक विदेशीबाट बाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा ऋण ल्याउन पाएका छन् । केन्द्रिय बैंकले पहिले डलरमा ऋण भित्र्याउनको लागि अनुमति दिएको थियो । हालै भारुमा पनि ऋण ल्याउने अनुमति दिएको । डलरलाई ऋण लिदा डलरको भाउ तल माथि भएसँगै जोखिम बढी हुने भएकोले भारुमा पनि ऋण ल्याउन पाउने व्यवस्था गरेको हो । बैंकहरुकै सुझावमा ल्याइएको व्यवस्था हो । किनकी भारु नेपाली रुपैयाँसँग पेग भएकोले जोखिम बढी हुदैन भन्ने भएर नै बाणिज्य बैंकहरुले भारुमा पनि लगानी भित्र्याउन पाउनुपर्ने माग गरेका थिए । यो व्यवस्थाका कारण बैंकहरुलाई थप ऋण लगानी गर्न स्रोत जुटाउन सजिलो हुन्छ । बैंकहरुले कम लागतमा स्रोत ल्याउन सके ऋणीहरुलाई पनि फाइदा पुग्छ ।

नेपालमा नै हुने निक्षेप र त्यसको परिचालनको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कठिन भएकाले विदेशी लगानी पनि आवश्यक्ता परेको हो ।

विदेशबाट ऋण ल्याउन सुविधा पाएसँगै आन्तरिक स्रोत वेवास्ता हुने आशंका पनि छ नि ?
अरु देशमा विदेशी ऋण ल्याउने व्यवस्था भएपनि नेपालमा भर्खरै खुल्ला गरिएको हो । अन्य देशबाट सकेसम्म सस्तो लागतमा ऋण भित्र्याएर विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ । सरकारले चालु आर्थिक वषएको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । त्यसका लागि आन्तरिक स्रोत परिचालनबाट मात्र पुग्दैन । नेपालमा नै हुने निक्षेप र त्यसको परिचालनको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कठिन भएकाले विदेशी लगानी पनि आवश्यक्ता परेको हो । जुन दिन नेपालमा आन्तरिक रकमको परिचालन बढ्छ र ऋणको माग घट्दै जान्छ त्यसपछि विदेशी लगानी पनि घट्दै जान्छ । सुविधा पाउदैमा ल्याउनैपर्छ भन्ने पनि छैन । बजारको अवस्था हेरेर, त्यो फिजिवल हुन्छ की भनेर निर्णय गर्ने हो । यसका लागि पहिले त विदेशी बैंकले पत्याउनुपर्यो, ल्याउदा अरु किसिमले पनि सहज हुनुपर्यो । अहिले विदेशी लगानी खोल्दाको राम्रो पक्ष भनेको आवश्यक परेको खण्डमा स्रोत परिपूर्ति गर्न सकिन्छ । बैंकहरु त्यतातिर लागेमा के हुन्छ भन्ने कुरा होइन ।

सुनिल केसी-प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक

बैंकहरुलाई के थाहा छ भने यत्ति धेरै शाखाहरु खोलीसकेपछि यहीबाट नै निक्षेप ल्याउनुपर्छ, जसको लागत पनि कम पर्छ । बैंकहरुले ग्रामीण भेगमा गएर शाखा खोलेका छन् । उनीहरु पनि यहाँकै निक्षेप उठाउन प्रयास गर्दछन् । रेमिट्यान्सको आप्रवाह र अन्य कुनै तवरबाट रकम बढ्यो भने विदेशबाट रकम ल्याउनुपर्ने कुनै कारण हुदैन । सप्लाइ कम भयो डिमान्ड बढी भयो भने बाहिरबाट ल्याउने हो । विदेशबाट रकम ल्याउदैमा विकृति ल्याउछ भन्ने होइन ।
एनएमबी नेपालमा विदेशी लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हामीले आइएफसीसँग सम्झौता गरेर डेढ अर्ब रुपैयाँ ल्याएका छौ । त्यसले गर्दा नेपाली बैंकहरुले पनि विदेशबाट रकम ल्याएर काम गरिरहेका छन् भन्ने म्यासेज गएको छ । हामीले आइएफसीको सावा र व्याज भुक्तानी समयमा नै फिर्ता गर्न सक्यौ भने ट्याक रेकर्ड राम्रो बन्छ । त्यसले नेपाली बैंकहरुप्रति सकारात्मक धारणा बन्न सक्छ । कहिलेकाही बढी नै निर्भर हुदै गएर पछि रकम तिर्ने बेलामा भने केही समस्या हुन्छ की भन्ने मात्र हो तर त्यो त बैंकहरुको आफ्नो समस्या हो । तर त्यो त बैंकहरुले सोचर लगानी गरेका हुन्छन् । बैंकहरुले पनि नेपालभित्र नै लगाउने हो । त्यसले गर्दा लगानीबाट उठेको रकमले नै गर्ने हो भने त्यो समस्या आउदैन ।

आइएफसीबाट ल्याएको रकम कुन क्षेत्रमा लगानी गर्नुहुन्छ ?
राष्ट्र बैंकले नै बाहिरी लगानी ल्याएर कुन कुन क्षेत्रमा लागनी गर्ने भनेर तोकिदिएको छ । जस्तै हाइड्रोपावर, कृषि, पर्यटन, ठूला ठुला आयोजनाहरुको निर्माणमा साना तथा मझौला व्यवसायीहरुलाई पनि ऋण दिन सो रकम लगानी गर्नुपर्छ । हामीले आइर्एफसीसँग रकम लिदा उनीहरुसँग सम्झौता गरिए अनुसार र नेपाल राष्ट्र बैंकको गाइडलाइन अनुसार नै उत्पादनमूलक क्षेत्रमा हामी लगानी गर्दछौ ।

कृषि क्षेत्रमा लगानी गर्नका लागि कठिन भइरहेको छ भन्ने गुनासोहरु आइरहेका छन् । अवस्था त्यस्तै हो र ?
अबस्था त्यस्तै नै हो । अहिलेपनि कृषि क्षेत्रले व्यवसायको रुप लिएको छैन । जबसम्म व्यवसायीक रुपमा यो क्षेत्र आउदैन तवसम्म यस क्षेत्रमा पर्याप्त लगानी हुदैन । बैंकको काम ऋण दिने मात्र होइन निक्षेपकर्ताको रकम जोगाउने पनि हो । त्यसैले ऋण दिदा उठाउन सकिन्छ कि सकिदैन भनेर दिने हो । अहिले केही रुपमा कामहरु भइरहेका छन् । हुन त कुल गार्हस्थ उत्पादको ३० प्रतिशत कृषि योगदान यस क्षेत्रको नै हो । तर पनि यो क्षेत्रमा व्यवसाय हुनु नै छ । बैंकहरुलाइ पनि के थाहा छ भने कृषि क्षेत्र फष्टायो भने मात्र अहिलेको आर्थिक बृद्धिद्धर बढाउन सकिन्छ । आर्थिक बृद्धि भएन भने बैंकहरुलाई पनि समस्या पर्दछ । तर बैंकहरुले अन्य क्षेत्रमा जस्तो उत्साहित भएर यस क्षेत्रमा लगानी गरेका छ्रैनन् । बैंकहरुले त जहाँ लगानी गर्दा प्रतिफल राम्रो आउँछ त्यही नै लगानी गर्ने हो । तर कृषि क्षेत्रको ग्रोथ भयो भने बाणिज्य बैंकहरुको नै विजनेश बढ्ने हो ।

विदेशबाट ल्याएको रकमको व्याज कसरी लिनुहुन्छ ?
यसमा राष्ट्र बैंकले तोकेको नै छ । दायित्वमा तीन प्रतिशतसम्म थप गरेर लगानी गर्नुपर्ने हुन्छ । हामीले ल्याएको ऋणको हकमा दायित्व २ प्रतिशत र तीन प्रतिशत थप्दा ५ प्रतिशत जति छ । तर भारुको हकमा भने त्यहाँको एक बर्षको ट्रेजरी विल्सको व्याजको आधारमा हेर्दा ८ प्रतिशतको हाराहारीमा पर्न आउछ । ऋणीलाई दिने हकमा भने दिने र लिनेविचको सम्झौताका आधारमा व्याजदर निर्धारण हुने हो । विदेशबाट ल्याएको रकम कतिमा लगानी गर्ने भन्ने कुरा बैंकको हो ।

व्याजदर घट्ने बढ्ने कुरा माग र आपुर्तिमा नै भर पर्ने हो । विदेशबाट सवै बैंकहरुले कम लागतमा रकम ल्याउने थाले भने व्याजदर घट्छ ।

अहिले बैंकहरुसँग पर्याप्त तरलता भएपनि व्याजदर घटाएनन् भन्ने गुनासोहरु रहेका छन् नि ?
जहिलेपनि साउन लागेपछि बैंकहरुमा तरलता सहज भएको छ । जसका दुईतीनवटा कारणहरु रहेका छन् । पहिलो कारण सरकारले गर्ने पुँजीगत खर्चको भुक्तानी असारमा बढी हुने गर्छ । उक्त रकम बैंक तथा वित्तिय संस्थामा आउने गर्दछ । जसले केही सहज भएको अनुभव हुन्छ । अर्को कुरा साउन भदौमा आर्थिक बर्षको सुरुवात भएको र उनीहरुले आगामी दिनमा के गर्ने भनेर प्लानमा नै हुने भएको हुदा उनीहरुसँग भएको रकम पनि बैंकमा नै हुन्छ । जसले गर्दा तरलता भएको देखिने हो । तर धेरै बढी नै भएको अवस्था होइन । सामान्यतया अन्य महिनाको तुलनामा केही बढेको हो तर पर्याप्त बढेको होइन । सामन्यतयाः यस्तै नै हो । सरकारले भनेको अनुसार कार्यक्रमहरु आउन थाल्यो, लगानीहरु भित्रन थाले भने मात्र तरलता आफ्नो प्रकारले परिचालन हुन्छ ।

व्याजदर कहिलेसम्म घट्छ त ?
व्याजदर घट्ने सम्भावना जहिले पनि हुन्छ । व्याजदर घट्ने बढ्ने कुरा माग र आपुर्तिमा नै भर पर्ने हो । विदेशबाट सवै बैंकहरुले कम लागतमा रकम ल्याउने थाले भने व्याजदर घट्छ । किनकी नेपाल राष्ट्र बैंकले व्याजदर अन्तरमा ४.५ प्रतिशतको सिमा तोकेको छ । त्यसकारण कस्तो किसिमको प्रोजेक्टहरु आउछन् र उनीहरुले कस्तो खालको प्रोजेक्टहरु ल्याउछन् भन्ने कुराले निक्यौल गर्छ । तत्काल नै व्याजदर घटीहाल्छ भन्ने कुरामा म सहमत छैन । केही सुधार हुन सक्छ तर धेरै भने घट्दैन । बेसरेटका आधारमा कर्जाको व्याजदर निर्धारण हुने भएकाले व्याजदर धेरै घट्ने अबस्था म देख्दिन । विस्तारै मार्केटसँग एड्जट्स हुदै जाने हो । निक्षेपको व्याजदर घट्दै गयो भने ऋणको पनि घट्दै जान्छ ।

राष्ट्र बैंकले सिआरआर घटाएको छ, सिआरआर घटाउदा बजारमा ४५ अर्ब रुपैयाँ तरलता थपिएको छ, पुँजीगत खर्चपनि भएको अवस्था छ यसरी हेर्दा बजारमा व्याजदर घट्नुपर्ने प्रशस्त कारणहरु रहेका छन् । तर पनि किन व्याजदर घटाउन बैंकहरु मानिरहेका छैनन् ?
सिआरआर घटाउदा बजारमा आएको ४५ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम हैन । तरलतालाई सिष्टममा ल्याउने चाही हो । सर्टेन लेबलको एड्जड्समेन्ट रेटमा भएपछि त्यसको इम्प्याक्ट चाही आउँछ ।

राष्ट्र बैंकले व्यक्तिगत ओडीलाई ५० लाखमा झार्यो यसले बैकिङ व्यवसायमा कस्तो असर पार्दछ ?
एनएमबी बैकको हकमा त केही फरक पर्दैन । किनकी हाम्रो आफ्नै प्रकारको लगानीहरु रहेको छ । समग्र बैकिङ क्षेत्रकै कुरा गर्ने हो भने केही असर गरेपनि राष्ट्र बैंकले केही समय तोकेको छ त्यस्ता लगानीहरुलाई सिमा भित्र ल्याउनका लागि । तर त्यत्तिठूलो असर पर्ने देखिदैन ।

मार्जिन लेन्डिङमा जुन किसिमको व्यवस्था नेपाल राष्ट्र बैंकल गर्यो त्यसले बजार उत्साहि हुन पर्नेमा झन् घटीरहेको छ किन होला ?
नेपाल राष्ट्र बैंकले मार्जिक कल गर्नका लगि केही बढाएको छ भने अर्को कोर क्यापिटललको २५ प्रतिशत मार्जिन लेन्डिङ गर्न पाउने भनिएको छ । यो ठिकै पनि हो । तर त्यसको म्यासेज सेयर बजारमा सकारात्मक गएन । बैंकहरुको २ अर्ब रुपैयाँ कोर क्यापिटल भएको बेलामा ४० प्रतिशतको व्यवस्था गरेकोमा अहिले बैंकहरुको पुँजी ८ अर्ब पुगेको बेलामा समग्रमा मार्जिन कलमा दिइने रकममा फरक आउने होइन । कुनैपनि बैंकले आफ्नो कोर क्यापिटलको २५ प्रतिशत भन्दा बढी लगाएको अवस्था पनि देखिदैन । यो हिसावले राष्ट्र बैंकले लिएको स्टेप ठिकै हो । अर्को मार्केट भोलाटायल भएको बेलामा मार्जिन लेन्डिङ कल बढीमा गर्दा हुन्छ भनेर ल्याएपनि बैंकहरुले १० प्रतिशत नाघेपछि म गर्छु भन्ने अधिकार होला । हामीले मार्जिन लेन्डिङमा धेरै काम नगरेको हुनाले हामीलाई केही फरक पर्दैन । साथै बैंकहरु लाई यो कुराल तात्विक असर गर्दैन ।

राष्ट्र बैंकले बाध्यात्मक तवरले गाउँपालिकामा पनि शाखा विस्तार गर्न बैंकहरुलाई दवाव दिइरहेको छ । त्यहाँका शाखाहरुले सस्टेन गर्न सक्छन् ?
बैंकहरुले भर्खरै शाखा खोलेका छन् । त्यसलाई टिकाउनका लागि राष्ट्र बैंकपनि लाग्नुपर्छ, हामी पनि हाम्रो तर्फबाट लाग्छौ । तत्कालै धेरै नाफा कमाउने भन्ने सोचेका छैनौ । त्यो समय लाग्ने कुरा हो । पहिले यत्तिका धेरै बैंकहरु चल्छन् भन्ने विश्वास थिएन त, चलिरहेका छन् । मुख्य कुरा चलाउन जान्न पर्छ ।

एनएमबी बैंकको फाइनान्सियल अवस्थाको कस्तो छ ?
हामीले विस्तारलै ग्रोथ गरिरहेका छौ । गत बर्षभन्दा धेरैवटा वित्तीय सूचकहरु राम्रो भएको छ । बैंकको कोर क्यापिटल १६ अर्ब भन्दा माथि पुगिसकेको छ । चक्तापुँजी ८ अर्ब ७५ करोड जति पुगेको छ । सवै प्रकारले हामी राम्रोसँग गइरहेका छौ ।
बैंकको आगामी योजना के के रहेका छन् ?
हामी अन्य बैंकभन्दा केही फरक ढंगले जान खोजीरहेका छौ । हामी आगामी दिनहरुमा पर्यटन, इनर्जी शिक्षा, एसएमइ, माइक्रो एसएमइ,क्षेत्रमा हामी फोकस गरेर जान्छौ । हाम्रो पाँच बर्षे योजनामा कृषिमा पनि बार्षिक रुपमा नै कार्यक्रम बनाएर लगानी सोचमा छौ । हाम्रा आइएफसी, वल्र्ड बैंकहरुसँग राम्रो सम्बन्ध भइसकेको कारणले गर्दा नयाँ नयाँ किसिमको प्रयोग हामीले गर्न कोसिस गर्दछौ ।

लगानीकर्ताहरुको अपेक्षा पुरा गर्ने गरी लाभांस दिन सक्छ बैंकले ?
लगानीकर्ताका कारण नै हामी बैंक भएका छौ र यो अवस्थामा आएका छौ । तर पुँजी बृद्धि भएको अवस्थामा लाभांस धेरै राख्नु उचित हुदैन । अपेक्षाकृत लाभांस पाउन केही समय लाग्छ । पहिलेजस्ता्े धेरै रिटर्न भन्दा पनि कन्सिस्टेन्ट र सस्टनेवल रिटर्न चाही यो पाली हामी हाम्रा लगानीकर्ताहरुलाई दिन सक्छौ । एक पटक दिने र अर्को पटक नदिने भन्दा पनि रिजनेवल रिटर्न दिने तर्फ बैंकले सोची रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ