वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

को को आउदैछन् बिम्स्टेक सम्मेलनमा ?

अर्थटुडे
२०७५ भाद्र १२, मंगलवार

काठमाडौं । भदौ १४ गतेदेखि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सदस्य देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख सहभागी हुदैछन् । सम्मेलनमा भाग लिनका लागि सम्मेलनमा श्रीलंका र म्यानमारका राष्ट्रप्रमुख, भारत, थाइल्याण्ड र बंगलादेशबाट सरकारप्रमुख तथा भुटानबाट प्रधानन्यायधीश आउँदैछन् ।

श्रीलंका र म्यानमारका राष्ट्रपतिद्धय क्रमशः मैत्रीपाला सिरिसेना र विन मिन्ट तथा भारत, बंगलादेश र थाइल्याण्डबाट प्रधानमन्त्रीत्रय नरेन्द्र मोदी, शेख हसिना र प्रायुत चान ओचा तथा भुटानका प्रधानन्यायधीश योङको छेङ वाङछा सम्मेलनमा भाग लिन काठमाडौं आउँने बताइएको छ ।

सहभागी हुन आउने राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्धय ईश्वर पोखरेल र उपेन्द्र यादवले स्वागत गर्नेछन् ।

सम्मेलनमा सहभागीताका लागि म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलतबार काठमाडौं आउदैछन् । यसैगरी श्रीलंका राष्ट्रपछि मैत्रीपाला सिरिसेना र भुटानका प्रधानन्यायधीस योङको छेङ वाङछो बुधबार आउनेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओचा भने विहिबार आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सदस्य राष्ट्रहरुबीच उर्जा व्यापार, गरिवी निवारण, जलवायु परिवर्तनलगायतका विकास एजेण्डाका साथै अपराध नियन्त्रणका विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ