वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि बजारलाई सहकारी मोडलमा विकास गर्न लविङ

अर्थटुडे
२०७५ भाद्र ७, बिहीबार

काठमाडौं । सरकारले तरकारी तथा फलफुल बजारमा विचौलिया अन्त्य गर्ने पहल गरिरहेका बेला सहकारी संघसंस्थाहरुले सहकारी मोडलमा बजारको विकास गर्न लविङ थालेका छन् । सहकारी मोडेलमा बजारको विकास गरेमा किसान र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनिकरण गर्न सकिने र कृषक र उपभोक्ता दुवैलाई अनुकूल हुने उनीहरुको दावी छ ।

सहकारीको छाता निकाय राष्ट्रिय सहकारी महासंघले विज्ञप्ति जारी गर्दै कालिमाटी तरकारी तथा फलफूल व्यवस्थित गर्न सहकारी संस्थासंस्थालाई जिम्मेवारी दिन आग्रह गरेका छन् । ‘उक्त बजारको एक तिहाई सहकारी क्षेत्रलाई नमूनाकारुपमा सञ्चालनका लागि सरकारसँग आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

किसान र उपभोक्ताको हितका लागि बजार व्यवस्थित गराउन चालिएको सरकारको कदमप्रति पूर्ण समर्थन जनाउँदै उक्त अभियानमा सहकारी साथमा रहेको समेत उल्लेख गरिएको छ । सहकारीका सदस्य किसानहरुबाट उत्पादित वस्तु स्थानीय सहकारी संस्था एवम् जिल्लास्तरीय सहकारी हुँदै केन्द्रमा सहकारीको नेटवर्कमार्फत सर्वसुलभमा विक्रिवितरणका लागि छुट्टै कृषि सहकारी बजार स्थापनाका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न समेत महासंघले आग्रह गरेको छ ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघले पनि विज्ञप्ती जारी गर्दै कृषि बजारलाई सहकारी मोडेलमा विकास गरेमा कृषक र उपभोक्ता दुवैलाई अनुकूल हुने जनाएको छ । गाउँ तहदेखि बजार क्षेत्रमा समेत उत्पादन र बिक्रीवितरणमा सोझै उपभोक्ताको बीचमा पुग्ने सहकारी मोडेलबाट कृषि उत्पादनको बजारीकरण गर्न सकिने पर्याप्त सम्भावना भएपनि किसानले आफ्नो उत्पादन सोझै उपभोक्तासम्म पु¥याउने कुनै बजार निर्माण नकेको भन्दै संघले दुःख व्यक्त गरेको छ ।

१० वर्षभन्दा लामो समयदेखि कृषि सहकारीमार्फत साना किसानहरुको उत्पादन र उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका खेलेको र संघले पहल गरे पनि सरकारले सहकारी मोडेलको कृषि बजारमा वेवास्ता गरेको संघले जनाएको छ । “यदि सरकारले जिम्मा दिने हो भने किसानको उत्पादन सोझै उपभोक्ता माझ कृषि उत्पादन नेपाल कृषि सहकारी केन्द्रीय संघले पु¥याउन सक्ने जानकारी गराउँछौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ