काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारीहरु कम्पनीका रुपमा चलेको बताउदै सहकारीहरु एनजिओ र आइएनजिओ जस्ता भएको वताए । रोयल वहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सचिव मैनालीले ‘धेरै सहकारीहरुले सहकारी मूल्य मान्यता पालना नगरी कम्पनीका रुपमा चलेको बताउँदै सहकारीहरु एनजिओ र आइएनजिओ जस्ता भएको दावी गरे । केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि वनाएका रहेछन् उनले भने ।
सचिव मैनालीले आर्थिक विकासका लागि निजी, सहकारी र सार्वजनिक तीनवटा बलिया खम्वा नभइ सम्विधानमा तीनवटा क्षेत्रको भूमीका मात्र उल्लेख गरेको वताए ।सहकारी विस्तारको क्रममा भएकोले निजीक्षेत्र जस्तै बलियो वन्न सहकारीले पनि साना साना सिप र सम्भावनाहरुलाई उपयोग गरेर सम्वृद्ध नेपाल वनाउनको लागि अघी वढ्नुपर्ने वताए । यसमा राज्यको भूमिकाको अपेक्षा विनानै सहकारीले आत्म निर्भर र अनुसाशित भएर अघी वढ्नुपर्ने उनको भनाइ थियो ।
एनले ‘वर्तमान सहकारी ऐनले सहकारीलाई व्यवस्थित गर्न धेरै प्रावधानहरु ल्याएको हुनाले सहकारीको लगानीको क्षेत्र पनि प्रष्ट तोकीदिएको उल्लेख गरे । उनले सो ऐनले सहकारीलार्ई सहकारी’ वनाउन खोजेको दावी गरे । संस्थाले सदस्य शिक्षामा जोड दिनु पर्ने र सदस्य जागरुक हुनुपर्ने बताउँदै ३४ हजार पाँच सय १२ सहकारीमा गत वर्ष १३० वटामा संस्थामा समस्या देखिए मध्ये १० वटा संस्थालाई समस्याग्रस्त घोषण गरेको जानकारी दिए । दोहोरो सदस्यताको समस्या समाधान गर्न सहकारीहरु मर्ज गर्नु पर्ने आवश्यकता भएको भन्दै उनले ६० लाख सदस्यवाट संस्था एकिकरण पछि ४० लाख सदस्यमा आउने वताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भानुभक्त ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव सिताराम काफ्लेले संस्थाको आगामी कार्य तथा योजना वारेमा जानकारी गराएका थिए। संस्थाले आव ०७४÷०७५ मा ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया शेयर पूँजी तथा ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरेको जानकारी दिएका छ । संस्थाले ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको सभामा जानकारी दिए । संंस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने जनाएको छ ।
रोयल सहकारीले दुग्ध उद्योगमा लगानी गर्ने
रोयल बहुउद्देश्यीय सहकारीले ५ करोडको लागतमा दुग्ध उद्योगमा लगानी गर्ने भएको छ । संस्थाले चाडै नै ‘रोयल डेरी उद्योग’ स्थापना गर्ने जनाएको हो । संस्थाको २१ औं वार्षिक साधारण सभामा अर्थिक वर्ष ०७४÷०७५को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भानुभक्त ढकालले पहिलो चरणमा सदस्यहरुले उत्पादन गरेको दूध संकलन गरी दूग्ध पदार्थ उत्पादन तथा विक्री गरिने जानकारी दिए ।
एनले पछि संस्था आफैले पशुपालन गरी उद्योगको उत्पादन क्षमता वृद्धि गरी सहकारीले उपभोक्ता र उत्पादकलाई जोड्ने र विचौलीयाको अन्त्य हुने वताए । अध्यक्ष ढकालले संस्थाले लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिंदै काठमाडौं उपत्यका लगाएत नुवाकोट जिल्लाका समेत गरी ३ सय ७५ लघुवित्त सेवाकेन्द्र मार्फत ४ हजार २ सय ६ जना महिला सदस्यलाई अवद्ध गराएको जानकारी दिए ।
पुरस्कार र सम्मान पनि
रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभामा उत्कृष्ट लघुवित्त केन्द्र र केन्द्र प्रमुखहरुलाई नगद सहित पुरस्कृत गरीएको थियो । साथै संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको थियो भने संस्थाका जेष्ठ सदस्यलाई सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया