काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी पूरा भएको बीमा समितिले जनाएको छ । सम्मेलनमा २० राष्ट्रका करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । विभिन्न २० देशका प्रतिनिधिहरु नेपालमा भित्रने छन् ।
पाहुनाहरुको स्वागतमा रात्री भोज
बीमा सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनाहरुका लागि बीमा समितिले सोमबार साझ रात्री भोजको समेत आयोजना गरेको छ । सोल्टीमा सोमबार साझ रात्री भोज आयोजना हुने र मंगलबार बिहान होटल सोल्टी मै सम्मेलनको उद्घाटन हुने अध्यक्ष चापागाईंले बताए ।
यस्तो सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको थियो । यसअघि सन् १०१६ मा बहराइनमा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तराष्ट्रिय बीमा सम्मेलन आयोजना भएको हो ।
प्रतिक्रिया