वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन गएन सरकार पाकिस्तानको कार्यक्रममा ?

अर्थटुडे
२०७५ आश्विन १७, बुधबार

काठमाडौं । त्रिपुरेश्वरस्थित बल्र्ड ट्रेड सेन्टरमा ‘९ औं मेड इन पाकिस्तान सार्क एडिसन प्रदर्शनी’ उद्घाटनका लागि पुगेका नेपालका लागि पाकिस्तानी राजदुत मजहर जावेद करिव एक घण्टाजति आपुर्ति सचिवलाई कुरेर बसे ।

बुधबार विहान ११ बजेदेखि सुरु हुने भनिएको सो उद्घाटन कार्यक्रममा नेपाल पाकिस्तान मैत्री संघका अध्यक्ष हिमालय शम्शेर राणा पनि समयमा नै पुगेका थिए । तर आयोजक संस्था पाकिस्तान दुतावास र पाकिस्तानको राहुलपिण्डी चेम्बर अफ कमर्सका सदस्यहरु घिमिरेलाई स्वागत गर्नका लागि एक घण्टा कुरेर बसे ।

सुरुमा राजदुतावासका कर्मचारीहरुलाई घिमिरेले आउदै गरेको बताएका कारण उनीहरुले घिमिरेलाई कुरेर बसेका थिए । तर करिव १२ बजे भने घिमिरेले आफू विरामी भएकोले आउन नसक्ने भन्दै खवर गरेका थिए ।

सुरुमा दुतावासले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलाई कार्यक्रममा आउनका लागि आग्रह गरेका थिए तर उनले आउन नभ्याउने र मन्त्रालयले नै सचिव पठाउने निर्णय भएको आयोजकलाई बताएका थिए ।
सचिव घिमिरेलाई प्रमूख अतिथि बनाएर प्रदर्शनी उद्घाटन समारोहको आयोजना भएपनि घिमिरेले धोका दिएपछि भने नेपालको पहिलो गभर्नर तथा नेपाल पाकिस्तान मैत्री संघका अध्यक्ष राणालाई नै बनाएका थिए ।

सो प्रदर्शनी पाकिस्तानले नौ बर्षदेखि लगातार नेपालमा गर्दै आएको छ । प्रत्येक बर्ष नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व हुने सो कार्यक्रममा यस बर्ष भने सरकारले सो कार्यक्रलाई नै वेवास्ता गरेको छ ।

गत वर्ष तत्कालिन वाणिज्य मन्त्री सुनील थापा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । त्यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बाणिज्य मन्त्री बनेका मिनबहादुर विश्वकर्मा पनि प्रर्दशनीको उद्घाटन गर्न गएका थिए ।
भारतले आयोजना गरेका हरेक स साना कार्यक्रममा मन्त्री तथा उपप्रधान र कहिलेकाही प्रधानमन्त्री पनि पुग्ने गरेका उदाहरण प्रशस्त रहेका छन् र मंगलबार मात्रै महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारतीय राजदूतावासले आयोजना गरेका कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल नै उपस्थित भएका थिए । तर पाकिस्तान राजदुतावासले गरेको सो कार्यक्रममा भने सरकारी प्रतिनिधि भने आएनन् ।

भौगोलिक दुरीले व्यवसायमा असर गर्दैन : राजदुत

नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्ध ६० बर्ष भन्दा बढी भएको स्मरण गर्दै पाकिस्तानी राजदुत मजहर जावेदले नेपाल र पाकिस्ताबीच दुरीले टाढा भएपनि मनले टाढा नभएको र पछिल्लो समयमा नेपाल र पाकिस्तानविच व्यापार बढ्दै गइरहेको बताए ।

उनले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताए ।

नेपाल पाकिस्तान मैत्री संघका अध्यक्ष हिमालयन समशेर राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताए । उनले पाकिस्तानले नेपालसँग खेलकुदका विषयमा पनि सहकार्य गर्न सक्ने बताए ।

असोज २३ गतेसम्म सञ्चालन हुने मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा पाइने राहुलपिण्डी चेम्बर अफ कमर्सका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ