वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी पाँच कुरालाई दिमागबाट हटाउनुहोस्, सफल हुनुहोस्

अर्थटुडे
२०७५ कार्तिक ११, आईतवार

समस्या हरेक मान्छेको जीवनमा आउने गर्छ जब एउटा समस्याको तपाईं हल गर्नुहुन्छ लगत्तै अर्काे ढोका ढकढकाउन आइ पुगेको हुन्छ । त्यसकारण समस्याको अन्त्य कहिल्यै पनि हुँदैन । जब हामी कुनै सफल व्यक्तिलाई देख्छौं हामीलाई लाग्छ यो मान्छे भाग्यमानी रहेछ, यसले सजिलै सफलता हासिल ग¥यो । तर, हामीले सफल देखेका ती मान्छेले हाम्रा भन्दा ठूला समस्या झेलेर नै सफल भएका हुन् तर, उनीहरुको समस्यालाइृ हल गर्न तरिका भने अलग थियो ।

तपाई पनि दिमागमा यी पाँच कुरा नखेलाउनुहोस् सफलता तपाईको दैलोमै हाजिर हुन्छ ।

१ बाहिर मान्छेले के सोच्छन् भनेर चिन्ता नलिनुहोस् : 
दुनियामा हरेक व्यक्तिले आफ्नै मर्जीले मात्र नभइ अरुको देखेर प्रभावित भएर पनि काम गर्ने गर्दछन् । जब तपाई केही गर्न थाल्नुहुन्छ र त्यसका बारेमा आम मानिसहरुले के भन्लान् भनेर सोच्न थाल्नुहुन्छ भने तपाईं सफल हुनुहुन्न । त्यसैले तपाईंले आफूलाई मनमा लागेको काम गर्नुहोस् अरुको बारेमा दिमागमा ठाउँ नै नराख्नुहोस् ।

२ डर :
डरको कुरा गर्न हो भने हामी कल्पनाभन्दा घेरै केही होइनौं । तपाईले कुनै पनि काम गर्दा जोखिम मोल्न डराउनु भयो भने सफलता तपाईभन्दा टाढा भाग्छ । त्यसैले डर भन्ने शब्दलाई पनि हाफ्नो दिमागबाट हटाउनुहोस् ।

३ बितेको समय र भविष्यको बारेमा चिन्ता नलिनुहोस् :

हामीमध्ये धेरैजसो मानिसले भविष्य के होला भनेर चिन्ता गर्ने गछौं । वितेको समय सम्झेर पनि त्यस्तै गछौं । त्यसले हाम्रो वर्तमान विगारी रहेको हुन्छ । त्यसैले वर्तमानमा काम गर्नुहोस्, भूत र भविष्यको कल्पना गरेर नबस्नुहोस् ।

४ नकारात्मक सोचाइलाई हटाउनुहोस् :
नकारात्मक सोचाइ यस्तो घातक चीज हो कि यसले हाम्रो शक्तिलाई नाश गर्दछ । जब हामी कुनै काम गर्न खोज्छौं पहिले नै म त यो सक्दिन भन्न थाल्यौं भने हामी कहिल्यै त्यो काम गर्न सक्दैनौं । त्यसैले सकारात्मक सोचको विकास गरौं ।

५ उमेरको ख्याल नगनुहोस् :
तपाईलाई लाग्न सक्छ उमेर एक सख्याको नाम हो । सफल व्यक्तिले आफ्नो उमेरको ख्याल नै गदैनन् । त्यसैकारण कतिपय व्यक्तिले कलिलै उमेरमा पनि सफलता पाएका हुनछन् । तपाई पनि उमेरलाई दिमागमा नल्याउनुहोस् त्यसले तपाईंलाई की म कलिलै छु कि म बूढो भइसके जस्ता हीनता ग्रन्थी भरिदिने काम गर्छ ।

यी पाँच कुरालाई दिमागमा ल्याउनुभएन भने तपाईं अवश्य सफल हुनुहुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ