काठमाडौं । तिहारमा देशभर लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो तिहारमा देशैभर बिद्युत कटौती नहुने बताए ।
बुधबार प्रधिकारणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा नेपालभर अधिकतम १२७० मेगावाट विजुलीको माग हुने र सो को लागि नेपाल विद्युत प्राधिकरण तयार भएर बसेको दावी गरे । उनले भने, ‘हामीले अधिकतम १२७० मेगावाटको माग हुने सम्भावनालाई मध्यनजर राखेका छौ यदी १४०० मेगावाट माग भएमा पनि आपुर्तिमा कुनै समस्या हुदैन ।’
कार्यकारी घिसिङका अनुसार कुलेखानी पहिले भन्दा राम्रो अवस्थामा रहेको र प्राविधिक रूपले प्राधिकरण सबल रहेकाले यो तिहारमा नागरिकले बिद्युत कटौतीको समस्या झेल्नु पर्दैन ।
उच्च खपतले प्राविधिक समस्या आएर केहीबेर आपूर्ति बन्द हुन सक्ने कुरा अपवाद रहे पनि बिद्युत कटौतिको अवस्थामा प्राधिकरण नरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया