काठमाडौं । आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैङ्कको नाफा १ सय ४३ प्रतिशतले बढेर रू. ३५ करोड १८ लाख पुगेको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा रू.१४ करोड ४३ लाख थियो । पहिलो त्रैमासमा बैङकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
बैङकको चुक्तापूँजी रू. ७ अर्ब १६ करोड रहेको छ । पूँजी अघिल्लो आवको तुलनामा १९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैङकले तोकेको चुक्तापूँजी अझै पुगेको छैन । राष्ट्र बैङ्कले वाणिज्य बैङकको चुक्तापूँजी रू. ८ अर्ब पुर्याउन निर्देशन दिएको थियो । बैङ्कले रिजर्भ कोषमा रू.३ अर्ब ९५ करोड छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो ।
निष्क्रिय कर्जा १ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७१, मूल्य आम्दानी अनुपात १२ दशमलव ८९, तरलता अनुपात २१ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू.१ सय ५५ दशमलव २१ पुगेको छ ।
प्रतिक्रिया