वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किष्ट बैंक घोटालामा विएन घर्ति र प्रवीण श्रेष्ठ पक्राउ

अर्थटुडे
२०७५ मंसिर ७, शुक्रबार

काठमाडौँ । बैकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती र प्रवीण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार नियन्त्रणमा लिएको सिआइवीले जनाएको छ ।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । सिआइवीले गत असोज १९ गते तत्कालिन सिइओ कमल ज्ञवालीलाई भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो ।

नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको सिआइवीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ