वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लालीगुराँसले १८ प्रतिशत लाभांस दिने, सस्थाको डेरीदेखि हाइड्रोसम्म लगानी

अर्थटुडे
२०७५ मंसिर २३, आईतवार

ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयरसदस्यहरुलाई १८ प्रतिशत लाभां दिने भएको छ ।
संस्थाको शनिवार सम्पन्न १९ औ बार्षिक साधारणसभाले शेयरसदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले ५ प्रतिशत बोनस शेयर र १३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
सो साधारणसभाको उद्घाटन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गरेका थिए ।

साधारणसभामा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको अहं भुमिका रहेको बताए । कार्यक्रममा बोल्दै संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरु पछि दोश्रो ठूलो वित्तिय कारोबार सहकारी संघ संस्थाहरुबाट रहेको जानकारी गराउँदै देशभर ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भएका र त्यसमा २८ हजार भन्दा बढी सहकारी संस्थाहरु क्रियाशिल रहेको बताए ।

उनले सहकारी क्षेत्रको वित्तिय कारोबार जम्मा करोबारको २५ प्रतिशत भन्दा बढी अर्थात ५ सय ५० अर्ब भन्दा बढी निक्षेप परिचालन, ५ सय अर्ब भन्दा बढी कर्जा लगानी, ८० अर्ब बराबर शेयर पूँजी संकलन सहकारीबाट भएका छ, प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको बताए ।

उनले देशभर ७० लाख भन्दा बढी नागरिकहरुले सहकारी संस्थाहरुको सदस्यता लिएको उल्लख गर्दै स्थानिय तहमा युवा, महिला लगायत बृद्धबृद्धाहरु समेत सहकारीमा आवद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, पशुपालन लगायतका उद्यमशिलताको कार्यहरु सहकारी संस्थाहरुको माध्यमबाट भएका जानकारी दिए ।

सहकारी क्षेत्रको पँुजीलाई उर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाले सहकारी मार्फत बचत ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताए ।

संस्थाको मुख्य लगानीमा ताल्छिलेखमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी प्रा.लि. संचालन गरेको छ ।

संस्थाले निकट भविष्यमा डेरी संचालन गर्ने योजना अघि बढाएको छ । डेरी परियोजनाको प्रवद्र्धन गर्न, खैरहनी तथा रत्ननगर नगरपालिकाका गाई पालन गर्ने कृषकहरुलाई लक्षित गरी लगानी बृद्धि गर्न, प्रविधि विकासको लागि सहयोग गर्न, उत्पादित दुधको बजारिकरण गर्न, चितवनको पर्सामा चौथो सदस्य सुविधा काउण्टर संचालन गर्न लागेको छ ।

यसअघि ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ । संस्थाले आगामी आ.व.मा काठमाण्डौंको न्यूरोड र बालाजुमा सदस्य सुविधा काउण्टर संचालन गर्ने लक्ष्य लिएको छ ।
साधारण सभामा २५ संस्थापक संचालक, ५ पुर्व अध्यक्ष, संस्थाका शेयर सदस्य एवं जेष्ठ नागरिक २१ जना, एस.इ.इ.मा उत्कृष्ठ स्थान ल्याउने १५ विद्यार्थीहरु सम्मानीत भएका छन् । कार्यक्रममा संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट, ५ वर्षे र १५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ