वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री र गभर्नरको सुझाव :बैंकबाट ऋण लिएर शेयरमा लगानी नगर्नुस्

अर्थटुडे
२०७५ मंसिर २५, मंगलवार

अर्थमन्त्री डा.युवराज खतिवडा र गभर्नर डा.चिरन्जीवी नेपालले लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्न नहुने बताएका छन् । संघिय संसदको अर्थ समितिले शेयर बजारको अवस्था र समाधानको उपायका लागि सरोकारवाला निकायसँग गरेको छलफलका क्रममा उनीहरुले पुर्ण रुपमा बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न सुझाव दिए ।

“लगानीकर्ताहरु सजग हुनुपर्दछ र उपयुक्त समय पर्खनुपर्दछ । अर्थतन्त्रका सुचकहरु सबै सकारात्मक अवस्थामा छ । केही समय बजार ओरालो लाग्यो भन्दैमा डराउनुपर्ने अवस्था छैन” ।

अर्थमन्त्री डा.खतिवडाले नेपालको अर्थतन्त्रको अवस्था बच्चाको दात आउने बेलामा ज्वरो आएको जस्तो भएको उदाहरण दिदै भने,“यो अवस्था भनेको आर्थिक बृद्धिको पहिलो चरणको अवस्था हो । यतिवेला बजारलाई ज्वरो आएको छ, लामो समयसम्म ज्वरो आउन दिन हुदैन त्यसले अर्को समस्या निम्त्याउछ त्यसैले समाधान पनि खोज्नै पर्छ र हामी खोजिरहेका छौ”। उनले पुँजीबजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन समिति गठन गरेको र त्यसले शुक्रबार्सम्म प्रतिवेदन दिने बताउँदै त्यसले पुँजी बजार र मुद्रा बजारको समस्यालाई समाधान गर्ने दावी गरे ।

 

अर्थमन्त्री खतिवडाले सरकारको लक्ष्य राष्ट्रिय पुँजी निर्माणमा रहेको र शेयर बजारमार्फत संकलित पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सरकारको योजना रहेको बताउँदै सरकार पुँजीबजारको स्थायीत्वको लागि सधै सकारात्मक नै रहेको दावी गरे । सरकारले शेयर लगानीकर्ताहरुलाई मूल्य अभिबृद्धि करबाट सधै उन्मुक्ति नै दिइरहेको दावी गर्दै उनले शेयर बजार पनि व्यापार चक्रभित्र नै पर्ने भएकोले लगानीकर्ताहरुले शेयरमा लगानीगर्दा सेयर होल्ड गर्न सक्ने क्षमता राखेर मात्र लगानी गर्न सुझाव दिए । “लगानीकर्ताहरु सजग हुनुपर्दछ र उपयुक्त समय पर्खनुपर्दछ । अर्थतन्त्रका सुचकहरु सबै सकारात्मक अवस्थामा छ । केही समय बजार ओरालो लाग्यो भन्दैमा डराउनुपर्ने अवस्था छैन” । बजारलाई स्थिर गर्नको लागि धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकको तालमेल जरुरी रहेको पनि उनको दावी थियो ।

“कुनै माइक्रोफाइनान्सको शेयर ३५ सयमा कारोबार हुन्छ तर बाणिज्य बैंकको शेयर डेढ सयमा कारोबार हुन्छ किन ? जबकी लघुवित्त कम्पनीले पुर्ण रुपमा बैकिंङ कारोबार पनि गर्न पाउदैनन र उसको पुँजी पनि निक्कै थोरै हुन्छ, त्यसको तुलनामा बाणिज्य बैंकहरु पुर्ण बैकिड कारोबार गर्ने आठ अर्बको पुँजी भएको शसक्त बैंक हुन् बैंकको शेयर मुल्य किन त्यत्ति कम हुन्छ ? यसबाट नै प्रष्ट हुन्छ बजार हल्लाको भरमा दौडेको छ ।

शे

त्यसैगरी गभर्नर नेपालले सिद्धान्ततः बजार भनेकै घटवढ भइरहने हो भन्दै यसबाट आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले भने –“शेयर बजारमा लगानी गर्ने भनेको बचत गरेको रकम हो बैंकबाट ऋण लिएर होइन ।” बजारमा लगानीकर्ताको संख्या नवढेको तर शेयरको संख्या बढी हुदा माग र आपुर्तिमा सामन्जस्यता नहुदा बजार ओरालो लागेको दावी गरे । सिमित लगानीकर्ता हुदा बजार बढ्न नसकेको र बजार विस्तारका लागि वित्तिय साक्षरता बढाउनु पर्ने उनको भनाई थियो ।

 

“लगानीकर्ताहरु शेयर बजारतर्फ आकर्षित भएर लगानी बढाउन् भन्ने हेतुले मात्र बैंकले मार्जिन लेन्डिङ गरेको हो, अन्ततः मार्जिन लेन्डिङको काम धितोपत्र दलालहरुले नै गर्ने हो र विश्वभरी नै यही प्रयोग भएको छ”, उनले बताए । “कुनैपनि कम्पनीको सुचांक हेरेर मात्र त्यस कम्पनीको शेयर किन्ने हो ।, तर यहाँ सुचांक भन्दापनि हल्लाको भरमा शेयर लगानी गर्नेहरु धेरै छन्,” गभर्नर नेपालले भने । उनले पुँजीबजार हल्लाको भरमा हिड्छ भन्ने कुराको पुष्टीका लागि उदाहरण दिदै भने,“कुनै माइक्रोफाइनान्सको शेयर ३५ सयमा कारोबार हुन्छ तर बाणिज्य बैंकको शेयर डेढ सयमा कारोबार हुन्छ किन ? जबकी लघुवित्त कम्पनीले पुर्ण रुपमा बैकिंङ कारोबार पनि गर्न पाउदैनन र उसको पुँजी पनि निक्कै थोरै हुन्छ, त्यसको तुलनामा बाणिज्य बैंकहरु पुर्ण बैकिड कारोबार गर्ने आठ अर्बको पुँजी भएको शसक्त बैंक हुन् बैंकको शेयर मुल्य किन त्यत्ति कम हुन्छ ? यसबाट नै प्रष्ट हुन्छ बजार हल्लाको भरमा दौडेको छ ।

शेयर किन्नेहरुको संख्या बढ्न नसकेको , शेयरसम्बन्धी जनचेतनाको कमी, शेयर बजारमा सिमित लगानीकर्ताहरु हावी हुनु बजार घट्नुको मुख्य कारण भएको बताउँदै गभर्नर डा. नेपालले बैंकहरुले मार्जिन लेन्डिङ ९३ अर्बसम्म प्रबाह गर्न सक्ने भएपनि ३४ अर्ब रुपैयाँ मात्र प्रबाह गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ