वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उप्रेतिद्धारा सहकारी बैंकबाट राजीनामा, अध्यक्षको लागि बाटो खुल्ला

अर्थटुडे
२०७५ पुष ३, मंगलवार

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बैंकको सञ्चालक समितिको मंगलवार बसेको बैठकमा उनले प्रबन्ध सञ्चालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै उनलाई अब बैंकको अध्यक्षको जिम्वेवारी संहाल्नको लागि बाटो खुलेको छ ।

सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो ।
सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सोही ऐनको व्यवस्थालाई ध्यान दिएर उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
बैंकको विनियममा निर्वाचित सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष र एक जना प्रवन्ध सञ्चालक बनाउने व्यवस्था अनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी बहन गरेका थिए ।

बैंकको आगामी पुस २८ गते साधारणसभा छ । यो साधारणसभा चुनाब सहितको साधारणसभा हुने भएकोले उप्रेतिले आफू अध्यक्षको दावेदार भएको हुनाले बैंकको प्रबन्ध सञ्चालकबाट राजीनामा दिएका हुन् ।
यद्यपी अध्यक्षको दावेदार हालका अध्यक्ष रमेशप्रसाद पोखरेल समेत हुन् । उनले बैंकका तेस्रो पटक पनि अध्यक्षमा जाने सोच बनाएपनि नेपाल राष्ट्र बैंकको बाफिया बमोजिम भने नमिल्ने देखिएको छ ।
बाफियामा कुनैपनि बैंक तथा वित्तिय संस्थामा अध्यक्ष वा प्रमूख कार्यकारी अधिकृत दुई
कार्यकाल भन्दा बढी बस्न नपाउने प्रावधान रहेको छ ।

बैंठकमा अध्यक्ष रमेशप्रसाद पोखरेलले उप्रेतिले बैंक स्थापनाकाल देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत बैंक र सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि योगदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ