काठमाडौं । सहकारी बैंकको प्रमूख कार्यकारी अधिकृत (सिइओ) मा बद्रीकुमार गुरागाई नियुक्त भएका छन् ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेका हुन् । उनी यसअघि सोही बैंकमा नायव महाप्रवन्धकको रुपमा कार्यरत थिए ।
विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल रहेका गुरागाई वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका व्यक्ति हुन् । उनी नेपाल चाटर्ड एकाउण्टेण्ट संस्था अन्तरगतको गुणस्तर अनुगमन बोर्डका सदस्य समेत हुन् ।
प्रतिक्रिया