काठमाडौं । प्रदेश १ सरकारले भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुईवटा गाडी तीन करोड ८७ लाख रुपैयाँमा खरिद गरेको हो ।
सो खरिदका लागि प्रदेश १ सरकारले चालु आर्थिक बर्षको बजेटमा नै व्यवस्था गरेको जनाएको छ ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका अनुसार स्पेसिफिकेशन तोकेर ई–बिडिङबाट गाडी खरिद गरेको जानकारी दिएको छ ।
प्रदेश सरकार बने लगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो ।
विभिन्न कार्यालयका सवारी साधन यसमा लागि प्रयोग गर्ने गरिएको थियो । नयाँ गाडी खरिदसँगै प्रदेश सरकारलाई सहज भएको छ ।
प्रतिक्रिया