काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा विवाद हुदा अधिबक्ता र कम्पनी रजिष्ट्रार कार्यलयका कर्मचारीविच कुटाकुट भएको छ । बुधबार विहान करिव १२ बजेतिर कम्पनी रजिष्ट्रार कार्यालयको रजिष्ट्रार भुवनहरी अर्यालको कार्याकक्षमा कम्पनीको नाम स्वीप्कृत नभएपछि उत्पन्न भएको विवादले हातहालाहालको अवस्था सम्म पुगेको हो ।
अधिबक्ता द्धय टीकाध्वज खड्का र गुणराज आचार्यले नेपाल चाइना इकोनोमिक एण्ड कल्चरल कमिटी नामक गैरनाफा मूलक कम्पनी दर्ता लागि रजिष्ट्रार कार्यालयमा आवेदन दिएका थिए । तर उनीहरुको सो नाम रजिष्ट्रार भुवनहरी दाहालले स्वीकृति गर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयका सुचना अधिकृत महेशराज तिमल्सिनाका अनुसार अधिवक्ता द्धय खड्का र आचार्यले नाम स्वीकृति नभए सुचनाको हक अनुसार किन र के कारणले स्वीकृति नहुने हो स्पष्ट भन्न माग गरेका थिए । सोही क्रममा विवाद हुदा अधिबक्ता खड्काले उप—रजिष्ट्रार हरिनारायण वेलवासेलाई हात छाडेपछि कर्मचारी र अधिबक्ताहरुविच कुटाकुट भएको हो ।
“कम्पनी रजिष्ट्रार कार्यालयको अहिलेको विधान अनुसार कुनैपनि देशको नाम जोडिएको कम्पनी नेपालमा दर्ता हुदैन त्यसैले रजिष्ट्रार अर्यालले पनि सो नाम स्वीकृति नगर्नुभएको हो” सुचना अधिकृत तिमल्सिनाले भने ।
अधिबक्ता गुणराज आचार्य भने यसअघि अर्को देशको नाम जोडेर राखिएको १९० वटा कम्पनीहरु दर्ता भएको तर आफुहरुको मात्र दर्ता नभएकोले किन र के कारणले दर्ता नभएको हो भन्ने बुझ्ने क्रममा विवाद भएको बताउँछन् ।
आचार्यका अनुसार नाम स्वीकृत नहुनुको कारण बुझ्न खोज्दा रजिष्ट्रार गैरजिम्वेवार उत्तर दिएकोले वादविवाद उत्पन्न भएको र विवादले उग्र रुप लिएको हो ।
“यसअघि किन अरु कम्पनी दर्ता भयो भनेर प्रश्न गर्दा रजिष्ट्रारले आफूलाई सो विषयमा जानकारी भएन भनेर गैरजिम्वेवार उत्तर दिदएको र आफूहरुले जिम्वेवार बन्नका लागि रजिष्ट्रारलाई आग्रह गर्दा विवाद उत्पन्न भएको हो” आचार्यले भने ।
आचार्यले भने,“ हामीसँग घुस खान खोजीयो, हामीजस्तो पढेलेखेको मानिसले पनि घुस खुवाएर काम गर्नुपर्यो भने आम सर्वसाधरणले कसरी काम गर्छन् घुसखाने प्रबृत्ति विरुद्ध आवाज उठाउदा विवाद भएको हो ।”
आचार्य र खड्का नेपाल ल क्याम्पसका स्ववियु सभापति र उपसभापति हुन ।
सो विवादका कारण बुधबार दिनभर कम्पनी रजिष्ट्रारको कार्यालयको काम ठप्प भएको थियो भने सेवाग्राहीहरु मर्कामा परेका थिए ।
प्रतिक्रिया