वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिलालाई आत्मनिर्भर बनाउनुस : मन्त्री अर्याल

अर्थटुडे
२०७५ फाल्गुन २६, आईतवार

ललितपुर  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ती जुनसुकै क्षेत्रमा काम गरेपनि हुने भन्दै उनले रूची भएको ठाउँमा लागेर काम गर्न आग्रह गरिन्। मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्‍ने कार्यमा लाग्न अग्ह गरिन् । ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्‍नुस । सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन्, ‘आफुजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफुमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्‍नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफु पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

सहकारीमार्फत महिलाहरूको सशक्तिकरण भइरहेको भन्दै उहाँले अब क्षमताको विकास गर्नुपर्ने बताइन् । नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्‍न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि शुरू भएर अहिले करिब चार हजार महिलाहरू महत्वपूर्ण ठाउँमा जनप्रतिनिधिको रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालले बताइन् । २०४६ सालको जनआन्दोलन देखि २०६२/०६३ सालको आन्दोलनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले महिलाहरूले लुकेर/छिपेर मध्यरातमा होस् वा दिनमा आन्दोलनमा शंखघोष नगरेको भए परिवर्तन सम्भव नहुने बताइन् ।

काममा निरन्तर क्रियाशिलताले क्षमताको विकास हुने भन्दै मन्त्री अर्यालले त्यसमा जिम्मेवारीले थप क्षमता र परिपक्वताको विकास गर्ने बताइन् । सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने समेत बताइन् । हिजोका दिनमा पित्रृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उहाँले बताउनुभयो । तर पित्रृसत्ताले हामीलाई अठ्यायो अब पित्रृसत्तालाई ठेगान लगाउन मात्रृसत्ता चाहिन्छ भन्ने मान्यता महिला आन्दोलनको नभएको मन्त्री अर्यालको भनाइ थियो ।

अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा सबल बन्नैपर्ने उनको भनाइ थियो । ‘जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम बन्दैनन तबसम्म पूर्ण स्वतन्त्रता प्राप्त हुदैन’, उनले भनिन्, ‘आर्थिक रूपमा सबल बनाएपछि मात्रै महिलाहरू स्वतन्त्र हुन्छन् ।’ आफ्नो आवश्यकता पुरा गर्नका लागि अब सहकारीले महिलालाई गरेर खाउ भनेर सीप दिनुपर्ने मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ