गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । सरकारले नेपालको समृद्धिकालागि विशेष महत्वका साथ आयोजना गरेको लगानीसम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सरकारको `समृध्द नेपाल र सुखी नेपाली`अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानीकोष खडा गर्ने विषयमा समझदारीपत्रमा शनिबार हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरे।
विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर गर्नका लागि कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने भन्दै भट्टले एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न लागेको जानकारी दिए ।
एनआरएनएका अनुसार उक्त फण्डले नेपालबाट एनआरएनलाई लक्षित गरेर फण्डको इकाइ बिक्री गर्नेछ ।
प्रतिक्रिया