वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषिबजारलाई व्यवस्थित गर्दै रोयल सहकारी

अर्थटुडे
२०७६ बैशाख १०, मंगलवार

काठमाडौं । रोयल वहुउद्धेश्यीय सहकारीले कृषिलाई व्यवस्थित गर्न कृषि वजारको व्यवस्था गर्ने भएको छ । सदस्यलाई उत्पादनमा आकर्षित गर्न संस्थाले अव सिप देखि लगानीसम्म गरिदिने भएको हो ।

संस्थाले भौगालिक आधारमा उत्पादनको सम्भाव्यताको अध्यायन गरी कृषकलाई सिप, तालिम, पूँजी, प्राविधिक, आधुनिक औजारलगाएत आवश्यक सम्पूर्ण सेवा सुविधा दिएर कृषिमा लाग्न प्रेरण दिने तयारी गरीरहेको संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्लेले वताए ।

उनले भने ‘अव शहरको पूँजी गाँउमा र गाँउको उत्पादन शहरमा ल्याउने योजनामा छौं किनकी हामी शहर र गाँउलाई उत्पादक र उपभोक्ता मार्फत जोड्ने योजनामा छौं ।’ निजि सरकारी र सहकारी अर्थतन्त्रको तीन आधार स्तम्भको नमुना हामी चाँडै देखाउदै छौं ।

निजीसँगको सहकार्यमा राज्यका निति नियमको पालना गर्दै उत्पादक र उपभोक्ता सहकारीले पनि हामी संग सिक्न आउने कार्य गर्ने तयारी भइरहेको उनले वताए । उनले भने उत्पादकले अव बजारको अभाव महसुस गर्नु पर्ने छैन हामी त्यसको ग्यारेण्टी लिन्छौं । हामी पशु पालन देखि सम्पूर्ण कृषि उत्पादनको बजार व्यवस्था गर्दै छौं त्यो पनि सहकारी मार्फत । हामी अव प्रत्येक किसानलाई कृषिमा लाग्न प्रेरणा प्रदान गर्ने छौं ।

केन्द्रीय कार्यालय सहित पाँचवटा सेवाकेन्द्र रहेका छन् । लामो समयदेखि बैकिङ्ग तथा लघुवित्त कार्यक्रम संचालन गरेको संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ । संस्थाले चाँडैनै आफ्नो निर्माणधिन आधुनिक भवनबाट सेवा दिनलागेको छ ।

संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरी ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको छ । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरेको थियो ।

संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ