वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सहकारी महासंघले भन्यो  : राज्यले दिने भुक्तानीका लागि सहकारी च्यानल प्रयोग गरौैं

अर्थटुडे
२०७६ बैशाख ११, बुधबार

काठमाडौं । सहकारीहरुको केन्द्रीय छाता निकाय राष्ट्रिय सहकारी महासंघले सरकारबाट हुने भुक्तानीका लागि सहकारीको च्यानल प्रयोग गर्न आग्रह गरेको छ । सहकारीमार्फत गाउँ गाउँसम्म वित्तीय पहुँच पुगेकाले राज्यले प्रदान गर्ने भुक्तानी सहकारीमार्फत प्रदान गर्दा सहज र सजिलो हुने उसको दावी छ ।

आगामी आर्थिक वर्षको बजेटका लागि बुधबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले बृद्धभत्तालगायतका सरकारले गर्ने भुक्तानी सहकारीमार्फत प्रदान गर्नुपर्ने बताए । “सहकारीको पहुँच गाउँ गाउसम्म पुगेको छ” उनले भने, “अब सरकारले वितरण गर्ने बृद्धभत्तालगायतका भुक्तानीहरु सहकारीको च्यानलबाट वितरण गर्नुपर्छ ।” उनले सहकारीलाई पनि वित्तीय कारोबारको अग्रपंतिमा राखेर बजेट निर्माण गर्न माग गरे ।

सरकारले सहकारीलाई पनि अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा लिएका हुनाले सोही अनुसार बजेटमा पनि प्राथमिकता पाउनुपर्ने कडेँलको दावी थियो । सहकारीमार्फत सामूहिक रुपमा व्यवसाय गर्न सके पुँजीको उपलब्धता सहज रुपमा हुने र देशमा रोजगारीको समेत सिर्जना हुने भन्दै त्यसका  लागि सहकारी क्षेत्रलाई उत्प्रेरित गराउनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ