वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कव्जा भएका सम्पूर्ण सरकारी जग्गा फिर्ता ल्याउने

अर्थटुडे
२०७६ बैशाख २०, शुक्रबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कब्जा भएका सम्पुर्ण सरकारी जग्गा फिर्ता ल्याउने भएको छ । शुक्रबार संघिय संसदको प्रतिनिधीसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जारी गर्दै सो घोषणा गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण जग्गाको डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाउने बताइन् । पछिल्लो समय सरकारी जग्गा अतिक्रमण भएको र भुमाफियाका कारण विभिन्न सरकारी जग्गा व्यक्तिको नाममा भएको समाचारहरु बाहिर आइरहेका छन् । जसमा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भटटराई, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका महासचिव विष्णु पौडेल लगायतको संलग्नता रहेको आरोप लागिरहेको छ ।

त्यसैगरी उनले भूमि बाँझो राख्न नदिने नीति सरकारले लिने पनि कार्यक्रममा प्रस्तुत गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ