वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट बैंकको ८० औ शाखा देवानगन्जमा

अर्थटुडे
२०७६ बैशाख २९, आईतवार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाँउपालिका वडा नं. २ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइँदैछ ।

शाखाको देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पनि उपस्थिति रहेको थियो । बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ