वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकको शाखा अब अर्जूनधारामा

अर्थटुडे
२०७६ जेष्ठ १०, शुक्रबार

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले गरेका छन् ।

सो कार्यक्रममा मेयर हरिकुमार राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुको स्कुल पोशाकको लागि बैंकको तर्फबाट प्रदान गरीएको नगद सहयोग पनि हस्तान्तरण गरीयो ।

सो कार्यक्रममा मेयर राना मगर, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

मगरले कार्यक्रमको सम्बोधन गर्दै बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनु भयो । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताए । अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताए ।  सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ