काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्वसन्ध्यामा पूर्व गभर्नरहरुलाई आन्तरिक छलफलमा बोलाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अघि सार्न लागेको बिग मर्जरबारे छलफल डाकिएको बताइएको छ ।
होटेल र्याडिसनमा विहिबार बोलाइएको छलफलमा मौद्रिक नीतिका बारेमा सुझाव लिनेछन् । यसमा मुख्य गरी बाणिज्य बैंकहरुको संख्या घटाउनका लागि राष्ट्र बैंकले अघि सारेको नीतिका बारेमा छलफल हुनेछ ।
बैंकहरुको पुँजी बढाएर प्रशंसा बटुलेका गर्भनर नेपाले यसपटक बिग मर्जरको नीति सफल बनाएर आफ्नो उचाइ बढाउन चाहान्छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका उनी यसलाई एतिहासिक बनाउने सोचमा रहेको बुझिन्छ ।
प्रतिक्रिया