काठमाडौं । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद् सम्बन्धी जानकारी नेपाल टेलिकमको मोवाईलमा एसएमएसमार्फत प्राप्त गर्न सकिने भएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइल मार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउन थालेको जनाएको छ ।
टेलिकमले हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यससम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ ।
महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया