काठमाडौं । लुम्बिनी विकास बैंकले आप्mनो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदानलगायतका विविध सामाजिक कार्यक्रमहरु गरेको छ । कम्पनीको डिल्लिबजारस्थित केन्द्रिय कार्यालयको हातामा भएको रक्तदानमा ६७ जनाले रक्तदान गरेका थिए ।
यसैगरी बैंकले पोखरा महानगरपालिका—२८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण गरेको छ ।
बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई सेवा दिदै आएको छ । २०७५ चैत्र मसान्त सम्ममा बैंकले २४ अर्व ३५ करोड निक्षेप, २२ अर्व ३६ करोड कर्जालगानीबाट ५३ करोड ९७ लाख संचालन नाफा गरेको जनाएको छ ।
प्रतिक्रिया