वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनिवार्य रुपमा प्यान नम्बर लिन राजश्व विभागको आग्रह

अर्थटुडे
२०७६ श्रावण ३, शुक्रबार

काठमाडौं । आन्तरिक राजश्व विभागले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने सर्वसाधारणलाई आग्रह गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्यान नम्बर लिन भनेको हो।सरकारले चालु आर्थिक वर्षको बजेटमा एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था गरेको हो । योसँगै भुक्तानी गर्ने प्रक्रियामा सहभागी हुने सबैलाई अनिवार्य प्यान नम्बर लिन भनिएको छ।
सहज रुपमा लेखा नम्बर उपलब्ध गराउन आफू मातहत आन्तरिक राजश्व कार्यालय तथा करदता सेवा कार्यालयमा प्राथमिकतापूर्वक छुट्टै काउन्टरमार्फत सरल र सहज रुपमा प्यान उपलब्ध गराउने काम भइरहेको विभागले जनाएको छ ।
बजेटयता झण्डै एक लाखभन्दा बढीले प्यान नम्बर लिई सकेका छन् भने हालसम्म प्यान लिनेको संख्या २२ लाख पुगिसकेको विभागले जनाएको छ ।

सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका सङ्घसंस्था एवं उद्योग व्यावसायिक फर्मले आफ्ना कर्मचारी एवं कामदारबाट अनलाइन फारम भराइ एकमुष्ट निवेदन कार्यालयमा पठाए वा स्थलगत रुपमा टोली खटाइ लेखा नम्बर प्रदान गर्न आग्रह भएमा कार्यालयबाट टोली खटाइ प्यान नम्बर प्रदान गरिने विभागले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ