वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीति २०७६\७७ : बैंकले गर्ने बिमा कारोबारमा कडाई

अर्थटुडे
२०७६ श्रावण ९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्दै आएको बैंकास्योरन्स व्यवस्थामा कडाइ गर्न भएको छ । बैंकहरुले ऋण लिने ग्राहकलाई जवरजस्ती बिमा पोलेसी खरिद गर्न लगाएको गुनासो बढेपछि राष्ट्र बैंकले मनलाग्दी बिमा पोलेसी बिक्री गर्न नपाउने व्यवस्था गर्न लागेको हो ।

बुधबार आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था गरिने बताए । बैंकले कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिनेछ समेत मौद्रिक नीतिमा उल्लेख छ ।

हाल बैंकहरुले बिमा कम्पनीको संस्थागत एजेन्ट बनेर विभिन्न कम्पनीका बिमा पोलेसी बिक्री गर्दै आइरहेका छन् । बिमा पोलेसी बिक्रीवापत प्राप्त हुने कमिसनको लोभमा बैंकहरुले ग्राहकलाई जवरजस्ती बिमा पोलेसी खरिद गर्न बाध्य बनाउने गरेपछि यसलाई रोक लगाउन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ