वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब सुनचाँदी बैंकमा राख्नुहोस्, व्याज कमाउनुहोस्

अर्थटुडे
२०७६ श्रावण ९, बिहीबार

काठमाडौं । अब पैसाजस्तै सुन चाँदी पनि बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेर ब्याज आर्जन गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सुनचाँदीलाई निक्षेपका रुपमा बैंकमा राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने घोषणा गरेको हो ।

यसअघि चालु आवको बजेटमा सरकारले सुनचाँदीलाई बैंकमा निक्षेपको रुपमा राख्ने व्यवस्था गरिने घोषणा गरेको थियो । सरकारले बजेटमा घोषणा गरेको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेको हो ।

अब राष्ट्र बैंकले यसम्बन्धी आवश्यक कार्यविधि बनाएपछि सर्वसाधारणले घरमा रहेको सुनचाँदी बैंकमा राखेर व्याज कमाउन सक्नेछन् । यसबाट सुनचाँदी खरिद गरेर घरमा राख्ने प्रवृत्ति समेत कम हुने सरकारी अधिकारीहरुको भनाई छ ।

हाल सर्वसाधारणले सुनचाँदी धितो राखेर बैंकबाट ऋण लिन पाउने व्यवस्था मात्र रहेको छ । सर्वसाधारणले बैंकमा सुनचाँदी राख्नुपरेमा बैंकको लकरमा पैसा तिरेर मात्र राख्न पाउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ