वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन्दर्भ व्याजदर स्थगित गर्न आग्रह

अर्थटुडे
२०७६ श्रावण २३, बिहीबार

काठमाडौं । काठमाडौंका सहकारीहरुले अहिले लागु भएको सन्दर्भ व्याजदर तत्काल स्थगित गर्न माग गर्ने भएका छन् । विहिबार जिल्ला सहकारी संघले आयोजना गरेको सहकारीमा सन्दर्भ व्याजदर विषयक अन्तक्रियामा सहभागि भएका ११ सयभन्दा बढी सहकारीकर्मीहरुले सन्दर्भ व्याजदर लागु भएपछि धेरै सहकारीहरु समस्यामा पर्ने भएकोले व्याजदर तत्कालको लागि स्थगित गर्न माग गरेका हुन् ।

कार्यक्रममा सहकारीकर्मीहरुले यसरी सन्दर्भ व्याजदर समय नै नदिई अपर्झट लागु गरिदा सहकारीमा ठूलो समस्या आउने दावी गर्दै सहकारी अभियानको भुमिका कमजोर भएको आरोप लगाए ।

उनीहरुले ग्रामीण भेगका सहकारी र सहरकेन्द्रित सहकारीको व्याजदर फरक फरक गर्नुपर्ने, व्याजदर तत्काल लागु नगरेर केही समय दिइनुपर्ने, कम्तीमा लघुवित्तको व्याजदर सरह व्याज कायम गर्नुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा सहकारी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं ग्लोवल बोर्ड सञ्चालक ओमदवी मल्लले महासंघ सहकारी अभियानको नै साथ रहेको दावी गर्दै अभियानको तर्फबाट जे जस्ता असहमतिहरु रहेका छन् ति सबै पुन बसेर छmलफल गर्ने बताइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेँले अहिलेको सहकारी ऐन नियम र कानुनले कुनैपनि हालतमा १६ प्रतिशत भन्दा बढीको व्याजदर तोक्न नमिल्ने स्पष्ट पारे । उनले भने,’सहकारी संस्थाहरुबाट नमुनाको रुपमा लिइएको व्याजदर नै कम आएकोले सोही आधारमा टेकेर व्याजदर निर्धारण गरेको हो।‘

उनले भने,‘राष्ट्रिय सहकारी महासंघले साढे १७ प्रतिशत व्याजदर कायम गर्नुपर्छ भनेर अडान राखेको हो तर सबैले पठाएको व्याजदर १६ प्रतिशत भन्दा कम नै थियो मैले कुन आधारमा अडानलार्य टिकाइ राख्ने ? त्यसैले १६ प्रतिशतमा सहमत गर्न बाध्य भएको हुँ । धेरैपटक यो व्याजदर ठिक छैन भनेर मैले असमति जनाएको थिए तर अल्पमतमा परिएकोले सहमति गरेँ।’

त्यसैगरी नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन) का अध्यक्ष डिवी बस्नेतले आफूले एकसय ७५ वटा सहकारीहरुको व्याज नमुनाको रुपमा संकलन गर्दा ति सहकारीहरुको व्याजदर १४ प्रतिशत भन्दा बढी नभएकोले नेफ्स्कुनको तर्फबाट सोही व्याजदर सिफारिस गरेको स्पष्ट पारे ।

उनले पाँचपटक मिटिङ भएपछि अभियानको तर्फबाट सन्दर्भ व्याजदर तोक्न रोकिएको भन्ने गुनासो आयो, त्यसैले बाटो फुकाउनको लागि पनि सहमति गर्न बाध्य भएको बताए । सहकारी अभियानले एउटा सहमतिमा पुगेर म्यान्डेड दिनुहोस् सोहीे म्यान्डेड बोकेर पुन समितिमा गएर छलफल गछौ उनले भने ।

उनले सो समितिमा छलफलका लागि बहुदेश्यीय केन्द्रिय सहकारी संघले १६.६ प्रतिशत, नेफ्स्कुनले १४.६२ प्रतिशत, सहकारी बैंकले १३.९ प्रतिशत र बाणिज्य बैंकहरुको १२.२३ प्रतिशत व्याज रहेको थियो भने राष्ट्रिय सहकारी महासंघले १७.५ प्रतिशत कायम गर्नको लागि सिफारिस गरेकोस्पष्ट पारे ।
उनले प्राविधिक समतिले हिसाव गरेर निकाल्दा १४.७२ निस्कियो त्यसमा हामीले सहमति गरेनौ, तर पछि बाध्य बनाइयो र १६ प्रतिशतमा सहमत भएको हो । उनलेसेवा शुल्क २ प्रतिशत लिने र पहिलेको ऋणको हकमा निरन्तरता दिने भन्ने माग हाम्रो हो । बस्नेतले स्पष्ट पारे ।

बहुदेश्यीय केन्द्रिय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानका अग्रजहरुले सहकारी नाफा खान हुदैन भनेर लविङ गर्नुभयो भने उहाँहरुकै सुझवा अनुरुप १६ प्रतिशत व्याजदर तोकिएको स्पष्ट पारे ।
उनले सहकारी ऐन र नियममा नै समस्या भएकोले पहिले यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिले सहकारी अभियानको नेतृत्व व्याजदर तोक्ने विषयमा कमजोर भएको बताउँदै व्याजदर परिवर्तनको लागि सहकारी बैंकले नेतृत्व गरेर अगाडी बढ्ने बताए ।

सन्दर्भ व्याजदर समितिले गत विहिबार १६ प्रतिशत ऋणमा र १० प्रतिशत भन्दा कम नहुने गरी निक्षेपमा तथा ६ प्रतिशत भन्दा कम स्प्रेडदर रहनेगरी सहकारमिा सन्दर्भ व्याजदर तोकेको थियो । आइतबारदेखि नै सो सन्दर्भव्याजदर लागु गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ