मनोज ज्ञवाली
प्रमूख कार्यकारीअधिकृत
ज्योति विकास बैंक
बैक अफ काठमाण्डौमा तत्कालीन अबस्थामा खोलाको जग्गा हाईवे छेउको जग्गा भनेर धितो राखी रु 5 करोड कर्जा प्रवाह भएको र पछि कर्जा खराब भई लिलाममा बिक्रि गर्न खोज्दा जग्गा नक्कली भएको थाहा पाएको सम्बन्धमा तत्कालीन CEO अजय श्रेष्ठ सहित 11 जना बैकर लाई प्रहरीले पक्राउ गरेको छ। बैकिङमा अत्यन्त ईमान्दार अनी स्वच्छ छबी बनाएका धेरै बैकरहरुलाई एकै साथ समातिएको छ। यो घटना पहिलो चै होईन। यस्तो जाली धितो राखी कर्जा प्रवाह भएमा trace निकाल्ने कर्मचारी, कर्जा प्रस्ताब बनाउने सहायक कर्मचारी देखि कर्जा स्वीकृत गर्ने CEO समेत र यदि BOD मा जाने प्रस्ताब छ भने BOD member सहित बैकिङ कसुरमा जेल जाने अबस्था छ। जालसाजी गर्ने बदमासहरु मालपोतमा मिलेर blue print, trace र नक्कली लालपुर्जा समेत बनाउछन भने कतीपय अबस्थामा लालपुर्जा सक्कली तर अरु सबै कागजात नक्कली गराई एउटा ठांउको जग्गा को blue print, trace अर्के ठांउको बनाई पेश गर्छन। शाखाको कर्मचारीहरुले ध्यान पुर्याएन र Valuator ले negligence गरिदियो भने फाईल अघी बढ्छ। कहिले कहि शुरुवाती कर्मचारीहरुको अनी Valuator हरुको मिलोमतो पनी हुनसक्छ भने कतै माथीबाट बदमासी गरी तलको सोझा कर्मचारीलाई पदको दुरुपयोग गरी काममा लगाईएको हुन सक्छ। कतिपय अबश्थामा बैकको माथिल्लो कर्मचारीले शंका उत्पन्न हुने कागजात देखे भने थाहा हुन्छ भने valuation र अरु पेश गरिएका कागजातहरुमा शंका नभएमा सबै जग्गाहरु हरेक स्वीकृत गर्ने कर्मचारीले हेर्न न त ब्यवहारिक छ न सम्भब नै। हामीले यस्तै एउटा बदमासी पत्ता लगाएर बदमासलाई जेल हालेर मुद्दा चलाएको पनी छौ, अनी म आफै बयान दिन अदालत गएको पनी छु। तर थाहा नपाईदिएको भए अहिले आफू जेलमा हुईन्थ्यो होला।
यी घटनाहरु प्रतिनिधी घटना मात्रै हुन। बैकिङमा यस्ता जाली धितोहरु राखी कर्जा प्रवाह भएका घटनाहरु धेरै छन भने कति अझै थाहै नभएको अबस्थामा पनी होलान। गाडिको blue book समेत नक्कली बनाई बदमासहरुले कर्जा लिई ठगी गरेका घटना छन। बदमासले ठगी गरेको थाहा पाई बैकले मुद्दा हाल्दा उल्टै बैक कै कर्मचारीलाई समेत कर्जा प्रवाहा मा तिम्रो नी हस्ताक्षर छ भन्दै उल्टो बैकिङ कसुर कर्मचारीलाई नै लगाईदिने कानूनको कारण कती बदमासहरुको बारेमा जानकारी हुदा नी बैकहरु चुप बस्नु पर्ने स्थीती छ। यस्ता कसुरमा छानबीन हुदा दोषी ठ्याक्कै पत्ता लाग्छ तर सबैलाई प्रहरी पक्रिने डर र त्रासले घटना सामसुम पारिन्छ।
बैकरहरु होशियार हुनै पर्ने बेला छ। निम्न 10 बुदा शेयर गर्न चाहे।
1. Blue print र trace आफ्नै कर्मचारी पठायर मगाउने र उ बदमासहरुसंग मिलोमतोमा नभएको ensure गर्ने।
2. Site visit जांदा आसपास देखिएको मान्छे मात्र होईन आसपासको बासिन्दालाई जग्गा कसको हो? किनबेच कहिले भएको हो, चलनचल्तीको मुल्य कती पर्छ बुझ्ने र कम से कम 2 जनाको नाम reference मा राख्ने।
3. पेश गरिएका कागजहरुमा र.नं., मिती, स्केल केहि न केहि तलमाथी परेको हुन्छन। राम्ररी कम से कम शाखा प्रबन्धक र मुख्य कार्यालयमा समेत हेर्ने। हामीले जालसाज पत्ता लगाएको यहि process मा हो।
4. बदमास भन्ने थाहा पाईसकेपछि कागजात फिर्ता दिएर पठाउने होईन। पुलीस बोलाई मुद्दा दायर गरादिने किनभने उस्लाई कारबाहि नगरे तपाई त बच्नु भो तर अर्को बैकलाई फसाउछ।
5. कर्जा बढाउने pressure मा adequate KYC नगरी, ग्राहकको बास्तविक networth र औक्त नहेरी भुलभुलैयामा परी Target को चक्करमा कर्जा बिस्तार गर्न नखोज्ने।
6. कर्मचारीहरु 6,6 महिनामा तानातान पारेर 2 बर्ष, 3 बर्ष अनुभब नहुदै हामीले शाखा प्रबन्धकको जिम्मेवारी सुम्पीदिन्छौ। ज्ञान कै अभाब छ। Tarining हरु बढाउने।
7.Ethical र moral values को बारेमा पनी मातहतका कर्मचारीलाई जागरण गराउने।
8. Valuator हरुलाई नी समय समयमा बोलायर छलफल गर्ने। अनुभबी ईन्जीनीएरलाई मात्रै valuation गर्न पठाउन अनुरोध गर्ने।
9. Fake collateral मा collateral मात्र होईन ब्यापार र मान्छे नी धेरै जसो fake नै हुन्छन। सबै पक्षको राम्रो Analysis गर्ने।
10. शुरुवाती process बाटै राम्रो review गर्ने। फाईल जति माथी गयो review त्यति कम हुदै जान्छ।
यो त चोर शिकारीले खाल्डा खनेर अनी छोपेर हात्ती गैडा खाल्डामा पारे जस्तै भो। रोकथाम जरुरी छ। समय मै बैकरहरुले यो कानून सम्बन्धमा बहस थालनी गरेर सच्याउन जरुरी छ। नत्र आज या भोली दशा बिग्रीदा साथ पालो आउने कुरा पक्का छ। सहि नियतले जालसाजीमा साझेदार नभई कार्यक्षेत्र अनुसार ईमान्दारीता साथ गराएको काममा यो हदको कारवाहि सम्बन्धमा कानून या प्रकियामा पुर्नविचार हुनै पर्छ।
बदमास छुट्नु हुदैन अनी सज्जन फस्नु हुदैन ।
ज्ञवालीको फेसबुक वालबाट
प्रतिक्रिया