काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । शुक्रबार भएको साधारणसभाले उनलाई सञ्चालकमा चयन गरेको थियो ।
उनी आठ महिनाअघिमात्र सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनी नेपाल राष्ट्र बैंकका अवकास प्राप्त कार्यकारी निर्देशक हुन् । उनले नेपाल राष्ट्र बैंकमा रहदा नै सिटिजन्स बैंक खोल्नका लागि उद्यमी प्रदिपजंग पाण्डेलाई सघाएका थिए । पछि आफू अवकास भएपछि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर जागिर खाएका थिए । सो बैंकमा उनको पनि लगानी रहेको छ ।
उनी नेपाल बैंकर्स संघको अध्यक्ष भएको समयमा उनीमाथि भैसेपाटीमा आक्रमण पनि भएको थियो । उनी नेपाल राष्ट्र बैंकबाट अवकास भएकोले पनि उनले नेपाल राष्ट्र बैंकका हरेक तह र तप्काका कर्मचारीलाई प्रभावमा पारेर काम लिन सक्ने क्षमता उनीमा छ । जवदेखि सिटिजन्स बैंक खुल्यो सोही समयदेखि भण्डारीले बैंकलाई छोडेका छैनन् ।
यसैगरी बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट युवा उद्यमी प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन्। यसैगरी साधारण तर्फबाट सीता कार्की चयन भएकी छिन । बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५ र ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बरावरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ
प्रतिक्रिया