काठमाडौं । राष्ट्रिय सहकारी महासंघको चुनाव सहितको साधारणसभा विहिबारदेखि सुरु हुदैछ । तर आगामी महासंघको अध्यक्षको लागि नेकपा एमालेबाट सर्वसम्म अध्यक्षको उमेदवार भएका मिनराज कडेँल भने महासंघको विनियम विपरित हुने गरी सन्चालकमा इन्दिरा पन्त ल्याउन ठूलो लविङ गरिरहेको सुचना प्राप्त भएको छ । कँडेललाई अध्यक्ष घोषणासँगै पन्तलाई सन्चालकमा ल्याउन नेकपाको उच्चस्तरबाट दवाव समेत दिएको पाइएको छ । पन्त सन्चालकमा आए महासंघको विनियम विपरित हुनेछ ।
महासंघको विनियम बमोजिम सन्चालक हुनका लागि महासंघको सदस्य संस्थामा एक कार्यकाल सन्चालक भएको हुनुपर्ने र सदस्य संस्थाले बार्षिक अडिट गरी नविकरणको साथै साधारणसभा समेत गरेको हुनुपर्ने प्रावधान छ ।
पन्त महासंघको चुनाव सहितको साधारणसभामा जिल्ला कृषि संघबाट प्रतिनिधि भएर आएकी छिन् । तर उनी सो संघमा सन्चालक छैनन् । उनी सो संघमा हिमालचुली कृषि सहकारी संस्थाबाट प्रतिनिधि हुन् तर सो संस्थामा उनी सन्चालक भने छैनन् । उनी रोयल बहुदेश्य सहकारी संस्थामा सन्चालक छिन् ।
महासंघका वरिष्ठ उपाध्क्ष मिनराज कँडेलका अनुसार जिल्ला कृषि सहकारी संघकी उनी लेखा समितिकी सदस्य हुन् । त्यस्तै नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले पनि उनी लेखा समिति सदस्य भएको दावी गरे ।
तर हामीलाई प्राप्त प्रमाण अनुसार उनी महासंघमा जिल्ला कृषि सहकारी संघ काठमाडौको प्रतिनिधि हुन् । तर सो संघको सन्चालक वा लेखा समिति सदस्य भने होइनन् । संघको पुस ५ गते विहान ८ बजे बसेको सन्चालक समिति बैठकको निर्णय अनुसार उनलाई महासंघमा प्रतिनिधि पठाउने निर्णय भएको छ । तर संघले उनलाई सल्लाकारको रुपमा प्रतिनिधि पठाइएको भनेर निर्णय गरे छ ।
यसबाट के प्रष्ट हुन्छ भने नेफ्स्कुनका अध्यक्ष पौडेल र महासंघका आगामी अध्यक्ष मिनराज कँडेल नै महासंघको विनियम विपरित काम गर्न सक्रिय रहेका छन् । सो संघको कार्यसमिति सदस्यमा परितोष पौडेल पनि रहेका छन् ।
पौडेलले हामीसँगको कुराकानीमा आफू सो संघको सस्थापक अध्यक्ष भएको र आफूपछि दुई जना अध्यक्ष भएको बताउँदै अहिले आफूलाई निर्णयबारे कुनै जानकारी नभएको स्पष्ट समेत पारेका थिए । तर सो संघको सन्चालक समिति बैठकमा पौडेलको पनि उपस्थिति रहेको हस्ताक्ष छ । संघका अध्यक्ष सानुराजा पुरी रहेको सन्चालक समिति बैठकको निर्णय समेत हामीलाई प्राप्त भएको छ ।
पौडेलले संघबाट महासंघको चुनावमा प्रतिनिधि जानको लागि लविङ गरेका थिए तर उनी असफल भए भने पन्त सफल भइन् । नेफ्स्कुन जस्तो केन्द्रिय सहकारी संस्थाको अध्यक्ष महासंघको चुनाबमा प्रतिनिधि समेत छैनन् । यसबाट प्रष्ट हुन्छ राजनीति कहाँसम्म र कसरी गरिएको छ ।
पन्त २०७१ सालमा भएको महसंघको चुनावी साधारणसभामा पाल्पाको जिल्ला दुग्ध सहकारी संघबाट प्रतिनिधि भएकी छिन् । यस मानेमा उनी कुन प्रकृतिको सहकारीमा आवद्ध छिन् भन्ने यकिन छैन। जसले सहकारीमा बर्षो योगदान दिएको छ उ सहकारी महासंघको सन्चालक हुन नपाउने अनि नेताहरुको घर घर चहारेको भरमा महासंघको सन्चालक पाउने कहाँको नियम भएको भन्दै उनका प्रतिष्पर्धीहरु रिसाएका छन् ।
प्रारम्भीक सहकारी संस्था हुदै जिल्ला संघको नेतृत्व गरेका महिला सहकारीकर्मीहरुलाई पाखा लगाएर पन्तलाई सन्चालक समितिमा ल्याउदा भोलीका दिन विवादरहित नहुने र यही विषयले गम्भीर मोड लिने चेतावनी समेत उनीहरुले दिइसकेका छन् ।
तर कडेँल भने आफूलाई पार्टी नेतृत्वबाट ठूलो दवाव आएको भन्दै सन्चालक बनाउनका लागि लविङ गरिरहेका छन् । पन्त राष्ट्रिय सहकारी विकास बोर्डमा विज्ञ सन्चालकको रुपमा नियुक्त भएकी छिन् ।
यसकारण पनि उनले सन्चालक दावी गर्न नमिल्ने कतिपय सन्चालकहरुको भनाई रहेको छ । तर उनी महासंघको सन्चालकमा जसरी पनि आउने भन्दै लागिपरेकी छिन् । उनी सहकारी मन्त्री पद्धमा अर्यालको निकट भएकोले पनि उनले आफ्नो पहुँचको फाइदा उठाइरहेकी छिन् ।
यदी महासंघलाई राजनीति गर्ने थलोको रुपमा विकसित गर्दै लैजाने हो भने सहकारी अभियान कमजोर हुने र अन्तराष्ट्रिय स्तरमा नेपालको सहकारी आन्दोलनको छाप नकारात्मक पर्ने सहकारी अभियानकर्मीहरु बताउँछन् ।
स्रोतका अनुसार विहिबार हुने महासंघको मनोनयन दर्ता गर्दा २०७१ सालमा नै जिल्ला कृषि संघमा काम गरेको नक्कली प्रमाण पेश गर्देछन् तर उनी २०७१ मा नै पाल्पा जिल्ला दुग्ध सहकारीबाट प्रतिनिधि भएको प्रमाण हामीसँग छ । यदी उनी संघमा पहिले नै संघको लेखा समितिमा काम गरेको भएमा सो समयको संघको प्रतिवेदनमा छैन । अर्कोतर्फ यदी उनी सो समयमा नै लेखासमितिमा भएको भए किन उनले पाल्पामा गएर प्रतिनिधि बन्नु पथ्र्योे यो गम्भीर विषय हो ।
सधै नियम र विनियमको रटान गर्ने महासंघका अध्यक्ष केशव प्रसाद बडालले यस विषयलाई कसरी सम्बोधन गर्छन् त्यो भने हेर्न बाकी नै छ ।
प्रतिक्रिया