काठमाडौं । सहकारी सहकारी महासंघको नवनिर्वाचित संचालक विवाद उच्च अदालत पाटन पुगेको छ । महासंघमा नक्कली कागजात बनाएर सन्चालक भएकोदेखि महासंघको विनियम विपरित सन्चालक समिति निर्वाचित गरेको भन्दै उच्च अदालत पाटनमा मुद्धा दायर भएको थियो ।
नवनिर्वाचित सन्चालविरुद्ध परेको मुद्धामा उच्च अदालत पाटनले निर्वाचसम्बन्धी कागजपत्र सहित उपस्थित हुन आदेश दिएको छ । सो मुद्धामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागसहित महासंघका संचालकलाई विपक्षी बनाइएको छ । त्यसैले आईतबार न्यायधिस वामदेव ज्ञवालीको इजलासले उनीहरु सबैलाई निर्वाचनको कागजसपत्र सहित हाजिर हुन आदेश दिएको हो ।
महासंघमा संचालकहरु सागर ढकालका साथै लेखा समिति संयोजक धर्मदत्त देवकोटा सहकारी ऐन र महासंघको निर्वाचन निर्देशिका विपरित निर्वाचित भएको भन्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय संघले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
संघले यसबारेमा सहकारी विभागमा छानविनका लागि उजुरी दिएपनि छानविन तथा कारवाही नगरेपछि अदालमा मुद्दा दिएको हो । मुद्दामा मन्त्रालय र विभागलाई समेत विपक्षी बनाइएको छ ।
महासंघको निर्वाचन निर्देशिकामा सञ्चालक हुन उम्मेदवार सम्वन्धित ठाउँको स्थायी वासिन्दा हुनुपर्ने, कुनै पनि सहकारी संघमा एक कार्यकाल काम गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर कफि केन्द्रीय सहकारी संघबाट प्रतिनिधित्व गर्दै संचालकमा चयन भएका सागर ढकालले किर्ते गरी सञ्चालक बनेका छन् ।
उनी २०७२ सालमा सम्पन्न संघको सञ्चालकमा चयन नै नभए पनि कफि केन्द्रीय संघको २०७२ सालको साधारणसभाको निर्णय पुस्तिकामा १२ जनाको मात्रै उपस्थिति रहेकोमा १३ औं नम्बरमा आफ्नो नाम थप गरी त्यसलाई फोटोकपी गराएर वकिलमार्फत प्रमाणित गराई पेश गरिएको उजुरीमा दावी गरिएको छ ।
यसअघि भुलवस अन्य व्यक्तिहरुको पनि नाम पर्न गएकोले क्षमायाचना सहित सच्याइएको छ ।
प्रतिक्रिया