काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को निर्वाचन सहितको साधारणसभा चैत २८ र २९ काठमाडौंमा हुने भएको छ । आईतबार बसेको महासंघको कार्यसमिति बैठकले साधारणसभाको मिती तोकेको हो ।
साधारणसभाबाट महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था बमोजिम शेखर गोल्छा स्वतः अध्यक्षमा चयन हुनेछन् । यसबाहेकको पदमा भने साधारणसभामा निर्वाचन हुनेछ ।
आगामी वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आफ्नो दावेदारी पेश गरिसकेका छन् ।
त्यस्तै महासंघ अन्तर्गतको प्रदेशको निर्वाचन भने केन्द्रको सकेपछि गर्ने निर्णय गरेको हो । तर महासंघको विधानमा भने केन्द्रको निर्वाचन गर्नु भन्दा दुई महिनाअघि नै प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानको वेवास्ता गर्दै महासंघले प्रदेशको निर्वाचन पछाडी सारेको हो ।
प्रतिक्रिया