वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना कहर : तरकारी र खाद्यवस्तुको मनलाग्दी मूल्य

अर्थटुडे
२०७६ चैत्र १५, शनिबार

काठमाडौं । भक्तपुरमा व्यापारीहरुले तरकारी लगायतका अत्यावश्यक खाद्य सामग्रीको भाउ बढि लिन थालेका छन् । लकडाउनका कारण तरकारी फलफुल लगायतका सामग्रीहरु बाहिरबाट काठमाडौ उपत्यकामा भित्रन छोडेको भन्दै व्यापारीहरुले तरकारी तथा खाद्यबस्तुहरुको भाउ बढाउन थालेका हुन् ।

मंगलबारसम्म एक धार्नी आलुको सय रुपैयाँमा खरिद गरिरहेकाहरुले बुधबारदेखि प्रतिधार्नी एकसय ५० रुपैयाँ तिर्न बाध्य भएको ग्राहकले गुनासो गरेका छन् । सिरुटारकी सम्पदा भुर्तेल वालकोट र सिरुटार क्षेत्रमा तरकारी र फलफुलको मुल्य ह्वात्तै बढेको बताउछिन् । मंगलबारसम्ममा एक किलो गोलभेडालाई पचास रुपैयाँ मात्र परेको थियो तर बुधबार जादा प्रतिकिलो गोलेभेडा एकसय ३० रुपैयाँ तिनुपर्यो, उनले भनिन् ‘व्यापारीसँग किन यसरी भाउ बढाएको भन्दा आफूले नै महंगो तिरेर किन्नुपरेको जवाफ पाएको बताईन् ।’

व्यापारी धनमाया तामाङ भने लकडाउनका कारण ढुवानीका लागि गाडी नपाईने डवल भाडा तिर्नुपर्ने,आफूले किन्ने जडिवुटी तरकारी बजारमा नै मुल्य बढेकोले आफूले पनि मुल्य बढाएर विक्रि गरेको बताउछिन् । उनले बुधबार प्याज प्रतिकिलो १००, गोलेभेडा प्रतिकिलो १३०, खोर्सानी प्रतिपाउ ५० रुपैयाँमा विक्रि गरिरहेकी छिन् । उनले अन्य तरकारीहरु पनि प्रतिकिलो ५० रुपैयाँको दरले मुल्य बढाएर विक्रि गरिरहेकी छिन् ।

त्यस्तै खाद्यान्न व्यापारीहरुले पनि खाद्यसामग्रीमा मुल्यबृद्धि गरेर विक्रि गरिरहेका छन् ।

ग्याँस उत्पादक कम्पनीहरुले आफैले ग्याँस विक्रि गर्न थालेकोले आफूहरुसँग नभएको भन्दै व्यापारीहरुले उपभोक्ताहरुलाई रित्तै फर्काइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ