वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा खतिवडा भन्छन् : जीवन नै अनिश्चित छ, के कुराको निश्चितता होला

अर्थटुडे
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले छोटो बोल्छन्, विषयमा ट्वाक्क पारेर जवाफ दिन्न माहिर मानिन्छन् । प्रश्नहरुमा ठाडो जवाफ दिने भएकाले कतिपयले उनको बोलीलाई छुच्चो पनि मान्छन् ।

बुधबार व्यवस्थापिका संसदमा बजेटको प्राथमिकता र सिद्धान्तमाथी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्टमा उभिएका खतिवडाले त्यहि शैलेमा उत्तर दिए । सांसदहरुको उठाएका प्रश्नमा खतिवडाले ठाडो ठाडो जवाफ दिए ।

काग्रेस सांसद डा. मिनेन्द्र रिजालले कोरोनाबाट भएको क्षतिबारे यथार्थ तंथ्याक नआएको अनिश्चित अवस्थामा पूर्ण बजेट नल्उाउन अर्थमन्त्रीलाई सुझाव दिएका थिए । त्यसैको जवाफमा अर्थमन्त्रीले भने, “माननियज्यूले अनिश्चितताको कुरा उठाउनुभयो, हुन त हाम्रो जीवन नै अनिश्चत छ । यहि भित्र निश्चितता खोज्ने हो ।” उनले जेठ १५ मा पूर्ण आकारको बजेट ल्याउने र आवश्यक भएको समयमा पुरक बजेट ल्याउन सकिन बताए ।

यसगरी सांसदहरुले बजेको प्राथमिकता र सिद्धान्तहरु पुरातन भयो भन्ने टिप्पणी गरेका थिए । सोहि टिप्पणीको जवाफमा अर्थमन्त्री खतिवडाले टिप्पणी गर्ने शैली पनि पुरातन नै भएको जवाफ फर्काए ।

अर्थमन्त्रीले आगामी बजेटमा स्वास्थ, शिक्षा, खानेपानी जस्ता सामाजिक क्षेत्रमा राज्यको लगानी बढाउने गरी आउने स्पष्ट पारे । बजेट समाजवाद उन्मुख नै हुने र राज्यले अख्तियार गरेको तीन खम्बे अर्थनीति अनुसार नै निजी क्षेत्रलाई परिचालन गर्ने बताए । त्यस्तै मानव जीवनको रक्षा नै बजेटको पहिलो प्राथमिकता भएकोले यसमा शंका नगर्र्न पनि उनले आग्रह गरे ।

त्यसैगरी विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने संसदहरुको मागको विषयमा जवाफ दिदै अर्थमन्त्रीले भने,‘ भावनामा नबहकिनुहोस्, प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमूखसँग उनीहरुको सुरक्षाको कुरा गरिरहनुभएको छ, नेपालसँग दौत्यसम्बन्ध भएका देशहरुका दुतावासले उनीहरुको हेरचाह गरिहेका छन् यस्तो अवस्थामा उनीहरुलाई नेपाल ल्याउनु भन्दा उतै राम्रो व्यवस्था गर्नुपर्छ र गरिरहेका छौ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ