वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ उद्योग खोल्न चाहनेलाई ५० लाख सम्म रुपैयाँ अनुदान, यसरी गर्नुहोस् आवेदन

अर्थटुडे
२०७७ जेष्ठ २, शुक्रबार
काठमाडौं । सरकारले नयाँ उद्योग खोल्न चाहने नवप्रवर्तकलाई ५ देखी ५० लाख सम्म रुपैयाँ अनुदान लिनका लागी प्रस्ताव पेस गर्न आवह्वान गरेको छ ।
 

राष्ट्रिय योजना आयोगले सुचना जारी गर्दै नविनतम सोच भएका र मापदण्ड पुरा गरेका स्टार्टअपरलाई आफुले गर्न चाहेको उद्यम, त्यसको प्रभाव, सम्भावित प्रतिफल सहित ३० दिन भित्र अनलाईन आवेदन दिन आवह्वान गरेको हो ।

नवप्रवर्तन सुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ अनुसार नयाँ उद्योग वा व्यवसाय सञ्चालन गर्न सक्नेलाई बिना धितो लगानीको ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । नविनतम ज्ञान, सिप र क्षमता भएका उद्यमी व्यवसायीले कृषी, ऊर्जा, स्वास्थ्य, उद्योग क्षेत्रमा काम गरिरहेका स्टार्टअपरले प्रस्ताव पेस गर्न सक्नेछन् ।

उनिहरुले न्युनतम १० लाख देखी १ करोड सम्मको लागी प्रस्ताव पेस गर्न सक्ने र सोको ५० प्रतिशत सम्म अनुदान राष्ट्रिय योजना आयोगले उपलब्ध गराउने जनाएको छ ।

आयोगले ३ किस्तामा रकम उपलब्ध गराउने छ । ऋणको प्रत्येक चौमासीक अवधीमा आफुले गरेको कामकारबाहीको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ