वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउनमा थन्किएका सवारी साधनको बिमा शुल्क छुट

अर्थटुडे
२०७७ जेष्ठ ७, बुधबार

काठमाडौं । बिमा समितिले लकडाउनको अवधिमा थन्किएका सवारी साधनको बिमा शुल्कमा छुट दिन निर्देशन दिएको छ ।

समितिले मंगलबार निर्देशन जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुलाई कूल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छूट दिन निर्देशन दिएको छ । कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचरी बीमा लगायत जोखिम समुहको समेत गणना गर्नुपर्नेछ ।

यसैगरी छुट रकम सवारी साधनको बीमा नवीकरण गर्दा नवीकरण शुल्कमा समायोजन गर्नुपर्ने निर्देशन छ ।

२०७६ चैत्र ११ गतेदेखि लकडाउन नहटाएसम्मको समयावधिलाई सवारी थन्किएको अवधि मान्नुपर्ने र अत्यावश्यक सेवाका सवारी साधनको हकमा सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधि गणना गर्नुनपर्ने निर्देशनमा उल्लेख छ ।

यसैगरी चालु आवमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको छूट लागू नहुने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ