वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी संघसंस्थाको तर्फबाट कोरोना कोषमा २७ लाख सहयोग

अर्थटुडे
२०७७ जेष्ठ २५, आईतवार

काठमाडौं । विभिन्न सहकारी संघसंस्थाहरुले संघिय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संयुक्त रुपमा २७ लाख एक हजार ७६४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय सहकारी महासंघको संयोजनमा संकलन गरीएको उक्त सहयोग अध्यक्ष मिनराज कँडेलले उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरे ।

कोषमा रकम उपलब्ध गराउन महासंघ र झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५/५ लाख रुपैयाँ प्रदान गरेका थिए । त्यसैगरि झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख, राष्ट्रिय सहकारी महासंघका कर्मचारीले १ लाख ११ हजार ९ सय ३७, नवलपरासीको किसान कल्याण साकोसले १ लाख ३ हजार, झापाको मेची सहकारी संस्थाले १ लाख १ हजार १११, काभ्रेको विन्धबासिनी साकोसले १ लाख १ हजार १११, झापा र कास्कीका जिल्ला सहकारी संघहरुले जनही १ लाख १ हजार प्रदान गरेका थिए । कैलालीको नवजिवन सहकारी संस्थाले १ लाख १ हजार प्रदान गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको संचालक समितिले ६९ हजार, काभ्रेको सामुदायिक साकोसले ६१ हजार, काठमाडौंको कुमारी सेभिङ एन्ड क्रेडिट को अपरेटिभले ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । मोरङको जिल्ला सहकारी संघले ५२ हजार ५ सय, झापाको हाम्रो नेपाल साकोस र कन्चनजंघा बहुउद्देश्यीय सहकारी र दोलखाको मिलिजुली कालिन्चोक साकोसले समान अंकमा ५१ हजार प्रदान गरे । काठमाडौंको सुयोग्य साकोसले ५० हजार ५ सय ५५, धादिङको जनकल्याण साकोस र काठमाडौंको मनिप्लान्ट साकोसले समान अंकमा ५० हजार प्रदान गरे ।

ललितपुरको मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले ४० हजार, काठमाडौंको मेगा ड्रिम साकोसले २७ हजार ७ सय ७७ रुपैयाँ, दोलखाको जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार १ सय ५ रुपैयाँ, जिल्ला सहकारी संघ दोलखाले २५ हजार प्रदान गरे भने बाराको साना किसान कृषि सहकारी संस्थाले २५ हजार, भक्तपुरको श्री सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाले २० हजार, ललितपुरको माता विन्द्यबासिनी साकोसले ११ हजार १ सय ११ र पर्साको जिल्ला बचत तथा ऋण सहकारी संघले ११ हजार रुपैयाँ सहयोग गरेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ