वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउनपछि खुलेको बजारमा सुन १० हजार महंगो

अर्थटुडे
२०७७ जेष्ठ २५, आईतवार

काठमाडौं । लकडाउनका कारण साढे २ महिनादेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारदेखि सुरु भएको छ ।
आईतबारदेखि बजारमा कारोबार सुरु भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि सुनचाँदीको भाउ निर्धारण गर्न सुरु गरेको छ ।

लकडाउनपछि खुलेको पहिलो दिन सुनको मूल्य १० हजार ४ सय रुपैयाँ महंगो भएको छ ।

चैत्र ११ गते लकडाउनका कारण कारोबार बन्द हुनु अघि छापावाला सुनको मूल्य ७७ हजार रुपैयाँ रहेकोमा आइतबारका लागि प्रतितोला ८७ हजार ४ सय तोकिएको छ ।

यसैगरी आईतबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २०५ रुपैयाँ बृद्धि भई प्रतितोला ९२५ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारको उचारचढाव र सरकारले बजेटबाट भन्सारदर बढाएपछि सुनको भाउ महंगो भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ