वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीति आज : कोरोना प्रभावित व्यवसायको पुनरुत्थानमा जोड

अर्थटुडे
२०७७ श्रावण २, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । विहिबार साझ बसेको केन्द्रीय बैंक संचालक समितिले मौद्रिक नीति पारित गरेसँगै शुक्रबार अपरान्ह सार्वजनिक गर्ने तयारी गरिएको हो ।

कोभिड–१९ बाट प्रभावित भएको आर्थिक क्षेत्रको पुनरुत्थानका लागि आवश्यक कार्यक्रममा जोड दिएर मौद्रिक नीति सार्वजनिक हुदैछ । यसमा कोरोनाले प्रभाव पारेको व्यवसायलाई पुनर्कर्जामार्फत राहत, पुरानो ऋणको पुनर्तालिकीकरण र पूनर्रसंरचनालगायतका सूविधाहरु घोषणा हुनेछ ।

नेपाल राष्ट्र बैंकले एक खर्वको पूनकर्जा कोष र ५० अर्वको अर्को कोषमार्फत कोरोनाले प्रभावित भएका व्यवसायीलाई सहूलियत कर्जा प्रभाव गर्ने केन्द्रीय बैंकको योजना छ ।

यसबाहेक उत्पादनमुलक क्षेत्रमा कर्जा प्रभाव बढाउने, व्याजदर घटाउने, बैंक तथा वित्तीय संस्थाहरुलाई दिगो बनाउने र राज्यले प्राथमिकता दिएका क्षेत्रमा लगानी बढाउनेतर्फ मौद्रिक नीतिको जोड रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ