वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्तको व्याज कम भएपछि लालीगुराँसले पनि घटायो व्याज, जम्मा १३ प्रतिशतमा नै कर्जा

अर्थटुडे
२०७७ श्रावण १४, बुधबार

काठमाडौं । पुल्चोकस्थित मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले कर्जाको व्याजदर १३ प्रतिशतमा झारेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको याजदर १५ प्रतिशत भन्दा बढी हुन नपाउने गरी निर्देशन जारी गरेपछि लगत्तै लालीगुराँस बहुदेश्यीय सहकारी संस्थाले व्याज घटाएको हो । संस्थाले बुधबार (साउन १४)बाट लागु हुनेगरी कर्जाको ब्याजदर घटाएको हो ।

नयाँ ब्याजदर अनुसार अब सदस्यले १३ प्रतिशत बार्षिक ब्यादरमै विभिन्न शिर्षका कर्जा पाउने भएका छन् । संस्थाले पशुपालक कर्जा सबैभन्दा सस्तो ब्याजदर निर्धारण गरेको छ । यस कर्जामा सदस्यले मासिक साँवा ब्याज तिर्दा १३ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् ।

संस्थाले कृषि कर्जा १४ प्रतिशत, घरजग्गा कर्जा १५ प्रतिशत, औद्योगिक कर्जा १५ प्रतिशत, ब्यापारिक कर्जा १५ प्रतिशत कायम गरेको छ । त्यस्तै बचतमा पनि संस्थाले व्याज घटाएको छ । संसथाले एक बर्षको मुद्धति निक्षेपमा ११ प्रतिशत सम्म र दुई बर्षमा ११.५ प्रतिशत व्याज दिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ