काठमाडौं । बिमा समितिले आधा कर्मचारीबाट सेवा प्रवाह गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै समितिले बुधबार निर्देशन जारी गर्दै सजगता अपनाउन र कर्मचारीहरुलाई आलोपालोमा काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिको निर्देशनमा सवारी साधनमा जोर विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
यसअघि आईतबार राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्न र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया