ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ । दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका उनको योगदानलाई कदर गर्दै नियुक्ति गरेको हो ।
भण्डारीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्री लालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् । संस्थाको लगानीमा श्री लालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्री लालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
भण्डारी नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष समेत रहेका छन् । उनले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो ।
प्रतिक्रिया